बैतडी : सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७८।७९ मा १३ वटा सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा ५ वटा जिप, ३ वटा मोटरसाइकल, २ ट्याक्टर, एक बस, एक टिप्पर र एक मिनी ट्रक दुर्घटनामा परेका छन्। ती सवारी दुर्घटनामा १५ पुरुष, ५ महिला र ४ बालकको ज्यान गएको हो। यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका