ओलीलाई ‘नेतृत्वमा दोहोराउने’ महाधिवेशनका लागि एमाले बढ्यो

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेको महाधिवेशनको प्रक्रिया ६ कात्तिकबाट अगाडि बढ्दैछ । देशभरका वडा तहको अधिवेशन शनिबार हुँदैछ । एमालेका १० लाखभन्दा बढी क्रियाशील सदस्यहरु वडा अधिवेशनमा सहभागी हुनेछन् । एमाले विभाजनपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न लागेको हो । बाढीपहिरो प्रभावित क्षेत्रहरुमा भने वडा अधिवेशन सारिएको छ । १५ कात्तिकभित्र सारिएको ठाउँमा अधिवेशन गर्ने […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो  बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो ३ दिनमा हात्ती सफारी र जंगल सफारी गर्नेको संख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । ‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरंग ल्या...

एमाले महाधिवेशनका लागि चितवनमा ४६ स्वागतद्वार बनाइने

८ मंसिर, चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् । उनका अनुसार काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा […]

एमाले महाधिवेशनका लागि लुम्बिनीबाट २०७ प्रतिनिधि छानिए

बुटवल – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए । १४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाकाे उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ […]

तेह्रथुमबाट एमाले महाधिवेशनका प्रतिनिधि चयन

तेह्रथुम – नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् । दलिततर्फ अनुभूति […]

यी हुन् एमाले रुपन्देहीबाट छनोट भएका १० औँ महाधिवेशनका प्रतिनिधि

काठमाडौं : आसन्न १० औँ महाधिवेशनका लागि नेकपा (एमाले) रुपन्देहीले महाधिवेशन प्रतिनिधिहरु छनोट गरेको छ। प्रतिनिधि छनोटका लागि गठित निर्वाचन समितिले आज महाधिवेशन प्रतिनिधि चयन गरेको हो। खुलातर्फ शिवराज सुवेदी, डा कृष्ण न्यौपाने, धुव्रप्रसाद खरेल, ऋषिराम सापकोटा, यज्ञ गैरे, भोजप्रसाद श्रेष्ठ, बलबहादुर आचार्य, बाबुराम भट्टराई, गोपाल राना, चित्रबहादुर कार्की, बासुदेव घिमिरे,…

यी हुन् एमाले सिन्धुपाल्चोकबाट छनोट भएका दशौँ महाधिवेशनका प्रतिनिधि

काठमाडौंः आसन्न दशौँ महाधिवेशनका लागि नेकपा (एमाले) सिन्धुपाल्चोकले सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको छ। प्रतिनिधि छनोटका लागि गठित निर्वाचन समितिका अनुसार दुबै निर्वाचन क्षेत्रका सबै समूहका प्रतिनिधि सर्वसम्मतिमा चयन भएका हुन्। समितिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा खुलातर्फ निमफुञ्जो शेर्पा,  भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी…

१०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले

काठमाडौं । नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी […] The post १०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनका लागि पार्टी कार्यकर्ताबाट सात करोडभन्दा बढी उठाउने

काठमाडौँ- नेकपा एमालेले आगामी दसौँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ताबाट साढे सात करोड रुपैयाँभन्दा बढी संकलन गर्ने भएको छ। दसौँ महाधिवेशन चितवनमा तय भएको छ। एमालेले महाधिवेशनका लागि साधारण सदस्यबाट कम्तीमा सय रुपैयाँका दरले रकम संकलन गर्ने पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ७ लाख ३० हजार पार्टी […]

एमाले महाधिवेशनको लागि लमजुङमा दुई हजार पाँच सय एक जनाको जनपरिचालन कमिटी

नेकपा एमाले लमजुङले आसन्न महाधिवेशनका लागि दुई हजार पाँच सय एक जनाको जनपरिचालन कमिटी बनाएको छ । जिल्ला कमिटी लमजुङको मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष धनञ्जय दवाडीको अध्यक्षतामा जनपरिचालन कमिटी...

एमालेको विधान महाधिवेशनका लागि तयार भयो गोदावरीको सम्मेलन केन्द्र (फोटो फिचर)

१४ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा तयारी पूरा भएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ । शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा प्रतिनिधिहरुको सिट […]