कम्युनिष्ट नेता लामाको रहेनन्

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग

सम्बन्धित सामग्री

रहेनन् विश्व कम्युनिष्ट आन्दोलनका आर्दश नेता गोन्जालो

काठमाडौं, भदौ २७। आजीवन काराबासको सजाय भोगि रहेका विश्व कम्युनिष्ट आन्दोलनका आर्दश तथा पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । आतंक फैलाएको आरोपमा उनलाई सरकारले सन् १९९२ आजीवन कारावासको सजाय सुनाएको थियो । सोही समयदेखि जेलमा रहेका गोन्जालोको जेलमै निधन भएको हो । […]

योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएको छ । आइतबार शोक विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले योगेश राना एक इमान्दार र नैतिक आचरणयुक्त नेता भएको बताउनुभएको छ । उहाँ लामो समयदेखि नेकपा (मसाल) मा आवद्ध रहेको र हाल प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी रहेको महामन्त्री सिंहले जानकारी दिनुभएको छ । यस्तो छ शोक वक्तव्य योगेश राना (का. विक्रान्त गुप्ता) को २०७७ चैत्र ०६ गते ह्रदयघातका कारणले मृत्यु भएको छ । उहाँको मृत्युबाट हाम्रो पार्टी तथा प्यूठानको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । उहाँको मृत्युबाट मर्माहत प्यूठान जिल्लाका सम्पूर्ण कामरेडहरू र सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दछौँ । का. योगेश राना लामो समयदेखि हाम्रो पार्टीमा आवद्ध पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका विभिन्न तहमा रहेर जिम्मेवारी बहन गनुभएको थियो । अहिले उहाँ नेपाल कम्युनिस्ट पार्टी(मसाल) स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी हुनुहुन्थ्यो । पार्टीमा प्रतिवद्ध भई का. रानाले अनुशासन, पद्धति र उच्च नैतिक आचरणका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार, दृढ, जुझारू र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी रहने हाम्रो पार्टीको असल र क्रान्तिकारी योद्धा र कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको छ । अन्तमा का. योगेश रानाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ । यो पनि :  रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना योगेश रानाको दाहसंस्कार गरियो सम्झनाको तरेलीमा योगेश राना योगेश रानाप्रति ट्रेड युनियनद्वारा श्रद्धाञ्जली

रहेनन् प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।

रहेनन् भरतमोहन अधिकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ ।    फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति ९ः३५ ...

रहेनन् तत्कालीन एमालेलाई लोकप्रियताको शिखरमा पुर्‍याउने नेता अधिकारी !

काठमाण्डौ - २०५१ मा नेकपा एमालेको नौ महिने कम्युनिष्ट सरकारको पालामा अर्थमन्त्री बन्नुभएका  अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ र बृद्धभत्ता वितरण गर्ने जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो ।   नेपालमा पहिलो पटक बृद्धभत्ता वितरण गर्ने कार्यक्रम उहाँकै योजनामा भित्रिएको थियो । त्यही कार्यक्रमका कारण ...