सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन - लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजाे मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन ।भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् । यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ तर...

सम्बन्धित सामग्री

आचारसंहिता पालना फितलो

मौन अवधि सुरु भए पनि राजनीतिक दलका कार्यकर्ताले आचारसंहिताविपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन । निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामा दल र उम्मेदवारको प्रचार प्रसार गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दल र उम्मेदवारको प्रचार सामग्री हटाउनुपर्ने जनाएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसबुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।

मोस्ट वान्टेड माननीय

टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसानामार्फत उम्मेदवारी दर्ता गराए भने भारतमा बसेर सामाजिक सञ्जालबाट चुनाव प्रचार गरे । मतदाताको घरदैलोमा चौधरीकी श्रीमती तथा शुभेच्छुकहरूले उनी निर्दोष रहेको दाबी गर्दै मत मागे ।