सर्लाहीको हरिपुरमा सोमबार साँझ भारतीय नम्बर प्लेटको स्कोरपियो गाडीको ठक्करबाट एक जना ट्राफिक प्रहरी जवानको खुट्टा भाँचिएको छ । हरिपुर नगरपालिका ८, जगतपुरस्थित नवलपुर-मलंगवा सडक खण्डमा सवारी जाँच गर्न बसेका ट्राफिक प्रहरी जवान २८ वर्षीय शैलेन्द्र साह घाइते भएका हुन् ।