नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना

काठमाडौँको नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ ।  उपत्यकाको बढ्दो जनघनत्वसँगै बढेको सवारी साधन र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि तारकेश्वर नगरपालिका–११ नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको हो ।  आजदेखि सञ्चालनमा आएको उक्त पोष्टको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज संयुक्त रुपमा उद्घाटन गरे ।