नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए । बैठकमा सातै प्रदेशका अध्यक्षले रिप