काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।