निर्धन उत्थान लघुवित्त र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

असार २१, काठामाडौं । दुई ओटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  सूचीकृत भएको हो । निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  

सम्बन्धित सामग्री

निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थान लघुवित्त नोक्सानीमा, अन्य सूचक कस्ता ?

कठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ करोड २५ लाख नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा रू. १४ करोड ३० लाख ऋणात्मक रहेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव १४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २६ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ३८ करोड ८० लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेको कारण कम्पनीको सञ्चालन नाफा रू. १४ करोड ३३ लाख ऋणात्मक भएको हो ।  चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १५ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव ६७ रहेको छ ।  चुक्ता पूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ८३ करोड र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ९ करोड ३३ लाख ऋणात्मक छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेकाले आइतवार अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । फागुन १ गते सार्वजनिक बिदाका कारण आइतवार अर्थात् माघ २९ गतेसम्म कायम शेयरधनी यी दुई कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य छन् । इन्फिनिटी लघुवित्तकोे २० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३१ दशमलव ६७ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९८ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । त्यस्तै निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३४ दशमलव ४५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

निर्धन उत्थान लघुवित्त पनि एनपीएसमा आबद्ध

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ। नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी यी दुई संस्थाबीच सम्झौता भएको हो।

निर्धन उत्थान लघुवित्त एनपीएसमा आबद्ध

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था भुक्तानीसम्बन्धी कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को भुक्तानी प्रणाली नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी एनपीएस अन्तर्गतका भुक्तानी उपकरण संस्थाले प्रयोग गर्नेछ । सो प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायत कारोबार गर्न सकिनेछ ।

निर्धन उत्थान लघुवित्त र माउन्टेन इनर्जीको साधारण सभा आइतवार हुँदै

पुस २३, काठमाडौं । आइतवार दुई कम्पनीको साधारण सभा हुँदैछ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेका हुन् ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा आइतवार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ ।  सभाले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द रहने जानकारी दिएको छ ।  यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी, माउन्टेन इनर्जी नेपालले आठौं वार्षिक साधारण सभा अम्रपाली ब्याक्वेटमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको हो ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले ३१ प्रतिशत लाभांश पाउने

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरूलाई ३१ प्रतिशत लाभांश दिने भएको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था [आधारभूत तथा प्राविधिक विश्लेषण]

साउन २५, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा खुद नाफा ३ दशमलव २३ गुणा अर्थात् २२३ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २८ करोड ४३ लाख ४५ हजार खुद नाफा गरेकोमा गत आवमा वृद्धि भएर रू. ९१ करोड ९१ लाख ७३ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र कम्पनीले रू. ४ अर्ब २६ करोड २३ लाख २३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४३ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू.१ अर्ब ६९ करोड ५० लाख रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ८० करोड १० लाख ४६ हजार सञ्चित गरेको हो । गत आव सम्ममा कम्पनीले रू. ६ अर्ब ३२ करोड ९५ लाख सापटि लिएर रू. १५ अर्ब ८१ करोड ९२ लाख निक्षेप संकलन गरेर रू. २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २२, मूल्य आम्दानी अनुपात २९ दशमलव ५१ गुणा, तरलता अनुपात १२ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६५ दशमलव २५ पुगेको हो । हालसम्ममा कम्पनीले ७७ ओटै जिल्लामा १८१ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :                १० मे २०२१                                                                                   ८ अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :           १० मे २०२१                                                                                                     ८ अगष्ट २०२१ आरएसआई :                   १० मे २०२१                                                                                         ८ अगष्ट २०२१ मुभिङ एभरेज :                             १० मे २०२१                                                                              ८ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो कालो शरीरको मैनबत्ति बनेको छ । पछिल्लो तीन दिनको मैनबत्ति हेर्दा ‘थ्री ब्ल्याक क्रोस्’ बनेको छ ।  यसले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४५ दशमलव ७३ विन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।  त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । अघिल्लो कारोबार दिन आइतवारको शेयरमूल्य रू. १ हजार ७२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ६४१ मा टेवा पाउने र महंगिएमा १ हजार ७८० मा प्रतिरोध पाउने देखिन्छ ।

१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्दै निर्धन उत्थान लघुवित्त

जेठ ४, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा विक्री खुला गर्ने भएको हो ।  प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।  शेयर खरीद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।