हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमित रुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता सरोज दाहालको ‘देश, सपना अनि सेतो बाकस’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । यी दोलखाली कविले नेपालीहरु कसरी सेतो बाकसमा फर्किरहेका छन् भन्ने तीतो यथार्थ पस्किएका छन् । छन्द कविता लेखन सुस्ताउँदै गएको अवस्थामा कवि जा