खोप र वैदेशिक रोजगारी

सरकारले आफ्ना नागरिकलाई सहजै खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारीमा जानेहरू समस्यामा छन् । गन्तव्य मुलुकहरूले खोपलाई शर्त बनाएपछि नयाँ र बिदामा आएका नेपाली रोजगारविहीन बनेका छन् । रोजगारी पक्का भएका नेपालीहरु वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् । विभिन्न देशमा कामदार पठाउने प्रक्रिया स्थगित भएको छ । खोप नलगाएका देशका कामदार गन्तव्य मुलुकहरूको प्राथमिकतामा परेका […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी रहर कि बाध्यता?

काठमाडौं : विगत २ वर्षदेखि ठप्प जस्तो रहेको वैदेशिक रोजगार क्षेत्र यतिवेला चलायमान बन्दै गएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञा हटाएसँगै श्रमस्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलले जनाएको छ। लामो समयदेखि कोरोना खोप, क्वारेन्टाइन खर्च आफैंले बेहोर्नुपर्ने जस्ता नियम भएकाले युवाहरू वैद

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ । सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए । नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रमस्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए । कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।   ‘हामीले १८ महीनाभन्दा बढी कोरोना महामारीको सामना गर्‍यौं । त्यस अवधिमा वैदेशिक रोजगार क्षेत्र नमज्जाले प्रभावित भयो । तर, अहिले वैदेशिक रोजगारी क्षेत्र फस्टाउँदै गएको छ,’ उनले भने, ‘अब छिट्टै यो क्षेत्र सामान्य अवस्थामा फर्केर अगाडि बढ्छ ।’ पछिल्लो समय रोजगारदाताहरूले गर्ने कामदारको माग पनि बढ्दै गएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाइएको छ । साथै, श्रमगन्तव्य मुलुकहरू पनि विस्तारै खुल्दै गएका छन् । फलस्वरूप वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्दै गएको श्रेष्ठ बताउँछन् । सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अब यो वर्ष पनि सोहीअनुरूप नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने अनुमान श्रेष्ठको छ । हाल दैनिक १ हजार २०० जना नेपाली वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएपछि यसले अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने बताइएको छ । नेपालको अर्थतन्त्र अझै पनि विप्रेषणमा नै निर्भरजस्तो छ । यसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि विप्रेषण आप्रवाहमा पनि सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरू बताउँछन् ।

लयमा फर्कंदै वैदेशिक रोजगारी

खोप व्यवस्थापनसँगै कोरोना संक्रमण दर पनि क्रमशः घट्दै गएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको छ । गत वर्षको यही अवधिमा यो संख्या ४ हजार ६७७ थियो ।वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौको […]

वैदेशिक रोजगारी : खोप लगाएको क्यूआर कोड म्यानपावरबाटै पाइने

काठमाण्डौ – म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेहरुले अब कोरोना विरुद्धको खोप लगाएको विद्युतीय प्रमाण (क्यूआर कोड) सम्बन्धित् म्यानपावरबाटै प्राप्त गर्न सक्नेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो । म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावर...

विदेश जानेले क्यूआर कोडसहितको खोप प्रमाण राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ । विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको न...

वैदेशिक रोजगारीमा जानेले कोरोना खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने

काठमाडौं। वैदेशिक रोजगारी तथा अन्य प्रयोजनको लागि विदेश जानेहरुले कोरोना खोपको प्रमणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विज्ञप्ति जारी गर्दै कोरोना खोपको प्रमाणपत्र जारी गर्ने नेपालका अस्पताल, खोप प्रमाणपत्र र हस्ताक्षरको नमुना नेपालस्थित सबै कूटनीतिक नियोग र विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरुमा पठाई सकिएकोले प्रमाणीकरण गर्न नपरेको विभागले स्पष्ट पारेको छ।

खोप प्रमाण पत्र नि:शुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्नरगराउन निर्देशन दिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार जारी गरेको सूचनामा खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । खोप […]

खोप लगाएकाे प्रमाण पत्र निःशुल्क दिन सरकारकाे निर्देशन

काठमाडौं : सरकारले खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा दिन निर्देशन दिएको हो। मन्त्रालयले आज एक सूचना जारी गरी खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ। साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण

विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क रुपमा गर्नू : मन्त्रालय

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।  साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताल गरी चार अस्पताल तोकेको थियो ।  तर निःशुल्क खोप प्रमाणीकरण गर्ने निर्देशन हुँदा पनि केही अस्पतालहरुले शुल्क लिने गरेको गुनासो प्राप्त भएको भन्दै त्यसो नग...

कोरोनाविरुद्धको खोप लगाएपछि दिइने प्रमाणपत्र निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको