खोप लगाएकाे प्रमाण पत्र निःशुल्क दिन सरकारकाे निर्देशन

काठमाडौं : सरकारले खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा दिन निर्देशन दिएको हो। मन्त्रालयले आज एक सूचना जारी गरी खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ। साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण

सम्बन्धित सामग्री

दैनिक २ लाख जनालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले अब दैनिक २ लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क […]

कोरोना खोपमा कुनै कमी नहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतीकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिल

कोरोना खोपमा कुनै कमी नहोस: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई […]

कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरेपनि केही अस्पतालहरुले शुल्क लिइरहेको पाइएको छ। अन्तर्राष्ट्रिय यात्रा गर्ने नागरिकलाई सरकारले खोप लगाएको प्रमाणपत्र जारी गर्दै आएको छ।

कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरे पनि केही अस्पतालहरूले शुल्क लिइरहेको पाइएपछि त्यसो नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क रुपमा गर्नू : मन्त्रालय

काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।  साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताल गरी चार अस्पताल तोकेको थियो ।  तर निःशुल्क खोप प्रमाणीकरण गर्ने निर्देशन हुँदा पनि केही अस्पतालहरुले शुल्क लिने गरेको गुनासो प्राप्त भएको भन्दै त्यसो नग...

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले भन्यो- खोप प्रमाणीकरण निःशुल्क गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।  केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले त्यस किसिमको कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।  खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।  पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेप...

कोरोनाविरुद्धको खोप लगाएपछि दिइने प्रमाणपत्र निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको