पार्टी प्यालेस व्यवसायीको आपत्ति

पार्टी प्यालेस व्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् । स्थानीय प्रशासनको यस्तो निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित सामग्री

कोरोना प्रभावितलाई सहुलियत : १७ हजारभन्दा बढी लाभान्वित

काठमाडौं । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमार्फत दिएको नीतिगत सहुलियतबाट १७ हजारभन्दा बढी ऋणी प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गरेको सहुलियत दरको पुनर्कर्जा सुविधाका साथै कर्जा भुक्तानी अवधि थप, पुन:संरचना तथा पुनर्तालिकीकरणलगायत सुविधाबाट सर्वसाधारणले लाभ लिएका हुन् । तर, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट यसलाई हटाउँदै सामान्य अवस्थामा फर्कने संकेत गरेपछि उद्योगीहरूले आपत्ति व्यक्त गरेका छन् । राष्ट्र बैंकले कोभिड प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा दिएको विशेष पुनर्कर्जा सुविधा १ हजार ६८७ ऋणीले पाएका छन् । उनीहरूले चालू आवको पुससम्म ८ खर्ब ७९ अर्ब पुर्नकर्जा सुविधा लिएका हुन् । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका ऋणीमध्ये कोभिड–१९ का कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरेको थियो । उक्त सुविधाबाट २०७८ पुस मसान्तसम्म १ हजार ५५८ ऋणीको ५ अर्ब २८ करोड कर्जाको भुक्तानी अवधि थपिएको थियो । निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई/ईक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकलाई बैंकहरूले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरेपछि २०७८ पुस मसान्तसम्म १२ हजार ३ सय ऋणीको १३ अर्ब ८८ करोड कर्जाको भुक्तानी अवधि थप भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । कोभिड–१९ बाट अतिप्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षाक्षेत्रमा प्रवाह भएको कर्जालाई बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरी २०७८ पुस मसान्तसम्ममा पुन:संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्थाअन्तर्गत १ हजार ५२३ ऋणीको ८ अर्ब ४५ करोड कर्जाको पुन:संरचना तथा पुनर्तालिकीकरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ । कोभिड–१९ को महामारी तथा संक्रमण रोक्न गरिएको बन्दाबन्दीलगायतका कारण अर्थतन्त्र प्रभावित भएपछि राष्ट्र बैंकले कर्जाको ब्याज घटाउनुका साथै ब्याजमा समेत छूट दिन निर्देशन दिएको थियो । यसैगरी मौद्रिक नीतिबाट विभिन्न नीतिगत सहुलियतको व्यवस्था गरेपछि उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले मौद्रिक नीतिको प्रशंसा गरेका थिए । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कोरोना प्रभावित अर्थतन्त्र अब सामान्य अवस्थातर्फ लाग्न थालेको संकेत गरेको छ । ‘कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न हामीले नीतिगत सहुलियतका सुविधाहरू दियौं’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अब कोभिडको प्रभाव कम भएसँगै हाम्रा नीति पनि त्यतिअनुसार परिवर्तन हुनेछन् ।’ मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले बैंकदर, स्थायी तरलता सुविधा दर, रिपो दर, निक्षेप संकलन दर पुनर्कर्जाको ब्याजदरसमेत वृद्धि गरेको छ । नीतिगत सहुलियतपछि बैंकहरूको कर्जा वृद्धि भए पनि त्यो लगानी अनुत्पादक क्षेत्रमा गएको विश्लेषणसहित कडाइ गर्ने राष्ट्र बैंकले संकेत गरेको छ ।

स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।

क्याटरिङ सञ्चालन गर्ने दिनुपर्ने व्यवसायीको माग

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन माग गरेको छ । महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाइएको भन्दा आपत्ति जनाएको हो ।महासंघले भनेको छ, “नेपाल सरकारले क्याटरिङ तथा पार्टी प्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र […]