स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिनुभयो । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।