प्रचण्डलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरुमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ। गण्डकी प्रदेश एमालेको भागमा परेको छ। सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भए

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज मंगलबार भएको भेटवार्तामा मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्री बालुवाटारमा, प्रचण्डसँग भेट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । मंगलवार विश्वासको मत लिएका प्रचण्डसँग प्रदेशमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेका हुन् । भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ । साथै दुवैले एकअर्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । पुस २५ […]