प्रतिबन्धित भारतीय रुपैयाँ लिएर दिल्ली जान लागेका युवक विमानस्थलमा समातिए

काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। बिहीवार नेपाल एयरलाइन्सबाट काठमाडौंदेखि भारतको दिल्ली जान लागेका तनहुँको ब्याँस नगरपालिका वडा नम्बर १२ घर भएका रञ्जन पाण्डेलेलाई नियन्त्रणमा लिएको हो। पाण्डेले बोकेको ह्‍याण्ड ब्यागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा चेक गर्ने क्रममा  ब्यागभित्र प्रतिबन्धित गरिएको भारतीय रुपैयाँ…

सम्बन्धित सामग्री

एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना

भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ । भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए

काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको…

सीमा क्षेत्रमा भारतीय रुपैयाँ कमजोर, भारूको ‘बट्टा’ नेरूमा

हिजोआज सीमावर्ती नेपाली बजारमा भारतीय रुपैयाँ लिन व्यापारीहरुले मानिरहेका छैनन् । भिस्वा, जानकीटोल, बलुवा, सेढवा, सुवर्णपुरका व्यापारीहरुले भारतीय नोट लिएका छैनन् । लघुवित्त, पेट्रोल पम्प, सहकारी संस्थाहरुले समेत भारतीय रुपैयाँ लिन बन्द गरेका छन् । त्यसैले वीरगञ्जमा नेपाली रुपैयाँको माग धेरै छ ।

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक समातिए

काठमाडौंः स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२…

डलरसँग भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर, विदेशी मुद्राको सञ्चिति पनि घट्यो

अमेरिकी डलरसँग भारतीय रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । आज मङ्गलवार एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ शून्य दशमलव ५ पैसा पुगेको भारतीय सरकारी एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ । आज मात्रै भारु ७ पैसाले कमजोर भएको छ ।  यसअघि कहिल्यै पनि भारतीय रुपैयाँ डलरसँग यति धेरै कमजोर नभएको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको मूल्यवृद्धि र शेयर बजारमा आएको गिरावटका कारण भारु पनि निकै कमजोर भएको अनुमान गरिएको छ । यसअघि सन् २०१४ मा एकै वर्ष भारु २५ प्रतिशतले कमजोर भए...

रिलिज अघि नै कमल हसनको फिल्मले कमायो २०० करोड भारतीय रुपैयाँ

दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। बलिउड फिल्ममा पनि काम गरिसकेका उनको नयाँ फिल्म ‘बिक्रम’ जुन ३ मा रिलिज हुँदैछ। सो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट…

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

सप्तरी, १७ जेठ । प्रतिबन्धित भारतीय रुपैयाँ सहित युवक पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका(१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच […]

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

मोरङ, ५ बैशाख । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया पक्राउ परेका हुन् । अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच […]

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

मोरङको विराटनगर -१६ दक्षिण गेटबाट प्रतिबन्धित २० हजार भारतीय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-९ जुट विकास बस्ने २५ बर्षीय लुकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका लुकासलाई उक्त प्रतिबन्धित नोट सहित फेला पारी पक्राउ गरेको हो । लुकासलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।