डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।बिहीबार गृह जिल्ला आइपुगेका देउवाले आज (शुक्रबार) दुई आमसभालाई सम्बोधन गर्ने भएका हुन्। देउवाले बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।गन्यापधुरा प्रधानमन्त्री देउवाको गृह पालिकासमेत हो। यसपटकको चुनावका