नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन फार्मेसी परिषदको निर्देशन

काठमाडौं : नेपाली औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूमध्ये नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदले निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै परिषदले औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको हो। परिषदले औषधी उत्पादन तथा गुणस्तर कायम गर्न नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेको भन्दै उक्त सूचना जारी गरेको समेत जनाएको

सम्बन्धित सामग्री

बालुवाटारको निर्देशन अवज्ञा गर्दै ऊर्जामन्त्री भुसालले दिइन व्यवसायीलाई नियुक्ति

काठमाडौँ– काम चलाउ हैसियतमा रहेको सरकारकी ऊर्जा तथा सिंचाईंमन्त्री पम्फा भुसालले विद्युत नियमन आयोगमा नियुक्ति गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनलाई अवज्ञा गर्दै भुसालले बुधबार आयोगमा रिक्त रहेको एक सदस्य पदमा व्यवसायी भरत आचार्यलाई नियुक्त गरेकी हुन्। नयाँ सरकार गठनका लागि आह्वान भइसकेको अवस्थामा काम चलाउन सरकारले दीर्घकालीन महत्वको कुनै पनि निर्णय गर्नु नहुने मान्यतालाई […]

सरकारले कर्मचारी नियुक्ति, सरुवा, बढुवा गर्न नपाउने

काठमाण्डाै – सरकारले आज (सोमवार) देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गएकाे भदाै २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएकाे भदाै २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । आज न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनै पनि ठाउँमा स्वीकृत दरबन्...

कर्मचारी सरुवा, बढुवा र नियुक्ति नगर्न आयोगको आग्रह

काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले यही भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता […]

जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुकसँग आवेदन आह्वान

न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्द

नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताए ।शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रूपमा अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्तिहरू बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय सभा […]