सिलाइकटाइ शीपले व्यवसायमा स्थापित मलिका, वार्षिक २५ लाखको कारोबार, अमेरिका-अष्ट्रेलिया निर्यात

काठमाडौं । काठमाडौंकी रैथाने मलिका श्रेष्ठलाई ३१ वर्षअघि सिलाइको शीपले यो उचाइमा पुर्‍याउला भन्ने लागेकै थिएन । ६० वर्षीया उनलाई सिलाइको काम त अरुले नै गर्ने हो भनेर हतोत्साहित गर्ने पनि थिए । तर, उनी निरन्तर यसैमा लागिरहिन् । पुराना दिन सम्झिँदै उनी भन्छिन्, ‘छोरी मान्छेले घरबाट बाहिर निस्कनु हुँदैन, साडीचोलो लगाएर घरमै बस्नुपर्छ भन्ने मान्यता थियो । परिवारको जोड अध्ययनमा हुन्थ्यो, सिलाइकटाइमा सहयोग थिएन ।’  परिवारले त उनलाई सिलाइको काम गर्ने छूट पनि दिएको थिएन । उनको रुचिका अगाडि परिवारको अवरोध कमजोर साबित भए । अरूले रोक्न खोजे पनि बहिनीले साथ दिइन् । परिवारको स्वीकृतिविनै दिदीबहिनी सिलाइ तालीम लिन निस्के ।  तालीम लिएपछि दुवैले यसमै काम गर्ने सोच बनाए । शीपलाई व्यवसायका रूपमा अघि बढाउन उनले काठमाडौंको न्यूरोडस्थित आफ्नै घरको खाली तल्ला प्रयोगमा ल्याइन् । सिलाइ मेशिन र १ हजार ५०० रुपैयाँबाट सिलाइकटाइ र ड्राफ्टिङ व्यवसाय शुरू गरेको उनी सम्झन्छिन् । त्यसबेला कपडा ३० रुपैयाँ मीटरमा पाइन्थ्यो, अहिलेभन्दा निकै सस्तो ।  बहिनी होलिकासँग मिलेर व्यवसाय शुरू गरेकी मलिका सिलाइमा पोख्त थिइन् । दुई जनाले सिलाएको सामान विक्री गर्न भने कठिन भयो । ‘शुरूमा लेडिज गाउन बनाएका थियौं,’ उनी सम्झिन्छिन्, ‘ती लुगा बेच्न बजार जानै लाज लाग्ने । तर, सामान विक्री गर्नुको विकल्प थिएन ।’ घरकी कान्छी बहिनीलाई उनी आसपासका पसलमा बुभ्mन पठाउँथिन् । ‘त्यो बेला काम जति पनि गर्न सक्ने तर सामान विक्री गर्न लाज लाग्ने,’ मलिका भन्छिन्, ‘तर, एउटा पसलले हाम्रा गाउन राखिदियो । आफूले बनाएका गाउन पसलको ह्यांगरमा झुन्डिएको देख्दा हामी निकै उत्साहित हुन्थ्यौं ।’ पहिलोपटक दुईओटा गाउन विक्री भयो । गाउनको मूल्य ९० रुपैयाँ थियो । त्यसपछि दर्जनौं गाउनको माग आयो । त्यसले व्यवसायलाई उचाइ दिन मनोबल बढेको उनी सुनाउँछिन् ।  व्यवसाय त्यो स्तरमा पुगिसक्दासम्म परिवारका अन्य सदस्यलाई जानकारी थिएन । महाबौद्ध र न्यूरोड गरी दुई ठाउँमा घर हुँदा एउटामा व्यवसाय गरेको परिवारले पत्तै पाएन । आफ्नो शीपलाई आकार दिन चाहेकी मलिकालाई विन मल्टिपर्पोज को–अपरेटिभले दिएको तालीम नै अवसरको ढोका खोलिदिने माध्यम बन्यो । एउटा अन्तरराष्ट्रिय संस्थाको सहयोगमा भएको उक्त तालीमले सिलाइमा हात बसाइसकेकी उनलाई थप हौसला दियो ।  तालीमकै क्रममा प्रतिस्पर्धा हुँदा अब्बल बनेकी मलिकालाई ‘टर्निङ पोइन्ट’ नै त्यही तालीम बन्यो । त्यो बेला अमेरिका बस्ने भोला केसी काठमाडौंमा आएका थिए । सामान मन पराएर केसीले मलिकालाई बोलाए । सय पिसको अडर दिँदा र पहिलोपटक नै सामान अमेरिका निर्यात हुने थाहा पाउँदा निकै उत्साहित भएको उनले सुनाइन् ।  ‘त्यतिबेला गाउन नभएर वेस्टकोट (इस्टकोट) बनाउन अर्डर आयो,’ उनी उत्साहित भएको सुनाउँछिन् ।  त्यो अर्डरले थप दुई जनाले रोजगारी पाए । घरपरिवारबाट छलिएर शुरू गरेको व्यवसायको उत्पादन शुरूमै अमेरिका, अस्ट्रेलिया जस्ता देशमा जान थाल्यो । अमेरिकापछि अस्ट्रेलियाबाट गार्मेन्ट (ज्याकेट)को माग आउन थालेपछि पछि फर्किन नपरेको उनी बताउँछिन् । ‘मैले बिजनेश गर्ने भनेर पढेको होइन,’ मलिका भन्छिन्, ‘आर्टस् पढियो तर हातमा शीप थियो । शीपलाई बिजनेशमा रूपान्तरण गर्न शुरुआती दिनमा भने आएन ।’ को–अपरेटिभको सदस्य भएपछि मार्केटिङमा सजिलो भएको उनको अनुभव छ । आफ्ना उत्पादनको निर्यात नै शुरू गरिसकेकी उनलाई समाज अझै पनि चुनौतीका रूपमा अगाडि उभियो । ‘४/५ थान गाउन सिलाएर बस्नेलाई निर्यातको अर्डर आउन थालेसँगै धागो/कपडा धेरै चाहिने भयो तर किन्न जाँदा नपत्याइदिने,’ मलिका भन्छिन्, ‘कस्तोसम्म भने थानका थान कपडा, धागोहरू माग्दा नै होच्याउने र विश्वास नै नगर्ने ।’ आफू रातिसम्म काममै व्यस्त हुनुपर्ने, घरको चाहना छिट्टै आओस्, बालबच्चा हेरोस् भन्ने हुन्थ्यो । ‘त्यो कठिनाइ व्यक्त गर्नै सकिँदैन,’ उनले भनिन्, ‘सजिलोसँग केही पनि हुँदो रहेनछ ।’ सय मीटर कपडा माग्दा विश्वास नगर्ने बजारले अहिले फोनकै भरमा लाखौंका सामान दिन्छ । स्थापित हुन र व्यवसाय टिकाउन भने उनलाई अप्ठ्यारो भएन । प्रारम्भिक दिनबाटै निर्यात थालेको र ग्राहक विदेशी भएकाले रकम अग्रिम आउँथ्यो, जसले गर्दा व्यवसाय सञ्चालनमा लगानीको समस्या भएन । यति हुँदासम्म पनि कारखाना खोलेर अघि बढ्ने आइडिया र लगानी नभएको उनले सुनाइन् ।  उनलाई अचेल आइडिया नभएकै कारण ऊ बेला कछुवाको गतिमा व्यवसाय अघि बढेको जस्तो लाग्छ । ‘आफूसँग आइडिया थिएन, अलिअलि चल्ने शीप थियो,’ उनी भन्छिन्, ‘महिलाले गरेको बिजनेशलाई समाजले बिजनेश नै नठान्दा हुनुपर्ने जति प्रगति गर्न नसकेको उनको भनाइ छ ।’ उनले २०४५ सालमा व्यवसाय दर्ता गरेर अघि बढेकी हुन् ।  कारखाना चाहिँ पहिला माइतीघरको एउटा कोठा र पछि महाबौद्धमा खोलिन् । त्यसपछि कुपण्डोल हुँदै अहिले सीतापाइला पुगेको छ । अर्डरअनुसार सामान बनाउने उनको कारखानामा जुत्ता, ब्याग, पर्दा, कुसन, माक्स र अफिसियल ब्याग बन्छन् । अधिकांश कच्चा पदार्थ नेपाली बजारमै पाइन्छ । केही सामान भने आयात गर्नुपर्ने उनले सुनाइन् ।  नेचुरल फाइबरका कच्चा पदार्थ संखुवासभाबाट ल्याउँछिन् । त्यहाँका महिलाले उत्पादन गरेका गाँजा र अल्लोको धागो/कपडा पनि ल्याउँछिन् । ‘मलाई चिनाएकै अल्लो/गाँजाको उत्पादनले हो,’ उनले भनिन्, ‘स्थानीय कच्चा पदार्थ, महिला उद्यमीको उत्पादन र शीप प्रवर्द्धन गर्नु पनि हाम्रो काम हो ।’ कोरोनाका कारण व्यवसाय मन्द गतिमा चलेको सुनाउने मलिकाले आफ्ना उत्पादनहरू फ्रान्स, अस्ट्रेलिया, जापानजस्ता देशमा निर्यात गर्छिन् । कोरोनापछि अन्य देशबाट आउने अर्डर घटेका बेला बेल्जियमबाट आउन थालेको छ । कोरोनाअघि उनले वार्षिक २५ लाखसम्मको कारोबार गर्थिन् ।  व्यवसायमा ३ दशकभन्दा बढी बिताएकी मलिका आफ्नो क्षमता र प्रतिभा नै प्रधान भएको बताउँछिन् । महिलाले आफ्नो कामको भ्यालू आफै बढाउनुपर्ने उनको सुझाव छ । महिलाले कामको विषयमा स्पष्ट भएर लक्ष्यका साथ व्यवसायमा आउनुपर्ने उनको सुझाव छ । राज्यले दिने सुविधामा उत्तिकै चासो दिनुपर्ने र लाभ लिन सक्रिय हुनुपर्ने उनी बताउँछिन् । क्राफ्ट प्यालेस प्रालिबाट व्यवसाय गरिरहेकी मलिकाले शुरुताका जुन कोअपरेटिभबाट तालीम लिएकी थिइन्, अहिले त्यसैको अध्यक्ष छिन् ।

सम्बन्धित सामग्री

ग्रिल व्यवसायमा दुर्घटना बढ्दो

ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको व्यवसायीहरूले बताएका छन्।...

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन, भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए […]

किसानहरु भन्छन्, ‘ड्रागनफ्रुट व्यवसायमा सम्भावनासँगै चुनौती पनि बढे ’

पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती […]

श्रममन्त्रीको स्पष्टीकरण :  धेरै व्यवसायमा छु, तर म्यानपावरमा छैन

४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै उनले थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गर्ने क्रममा १५ भन्दा बढी व्यवसायमा संलग्न रहेको तर म्यानपावर व्यवसायमा भने कहिल्यै पनि संलग्न नरहेको दाबी गरेका हुन् । उनी नयाँ […]

धूप व्यवसायमा रमाउँदै-कमाउँदै (फोटोफिचर)

रामेछापकी माया पौडेल भक्तपुरको निकोसेरामा विगत साढे दुई वर्षदेखि धूप बनाउने व्यवसायमा सक्रिय छिन्। करिब २५ हजारबाट सुरू गरेको व्यवसायबाट अहिले मासिक एक–डेढ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। उपत्यकामा...

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनलाई प्रक्राउ गरिएको हो ।...

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

व्यवसायमा ताल्चा

कोरोना भाइरस संक्रमणको त्रासका कारण गतवर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो । संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो । पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोना अघिकै आकार लिइसकेको थियो । त...

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ । कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने […]