राष्ट्रिय जनमोर्चाले बहुचर्चित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको सत्ता गठनबन्धनको बैठकमा जनमोर्चाले एमसीसी अगाडि बढाए गठबन्धन छाड्ने चेतावनी दिएको हो ।
बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारसँग जनताका अपेक्षा धेरै भएकाले एमसीसीको विवादमा नफस्न आग्रह गरेका हुन् ।
‘यतिधेरै विरोध हुँदाहुँदै एमसीसी पारित गर्न तपाईंहरू किन हतार गर्दै हुनुहुन्छ...