युक्रेनको दाबी : रसियाले ५ हजार बालबालिकासँगै ३० हजार युक्रेनीलाई आफ्नो देश लग्यो

रसियाले युक्रेनमाथि आक्रमण गरेको १४४ दिन पुगेको छ। यसबिच ९१ लाखभन्दा बढी युक्रेनबाट पलायन भएका छन्। सबैभन्दा बढी मानिस पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ ४६ लाख २७ हजारभन्दा बढी युक्रेनी पुगेका छन्। युक्रेन ‘इन्भेड’को प्रयासमा रहेको रसियामा १६ लाख २६ हजारभन्दा बढी युक्रेनी शरण लिन पुगेका छन्। त्यसपछि हंगेरीमा…

सम्बन्धित सामग्री

कतारमा हुन गइरहेको फिफा फुटबल विश्वकप यति धेरै विवादित किन ?

यो बर्ष फुटबल विश्वकप मध्य एशियाली देश कतारमा हुन गइरहेको छ। यो अहिलेसम्को सबै भन्दा विवादित विश्वकप समेत भएको बताइन्छ। कतारलाई यो विश्वकप आयोजनाको अवसर कसरी मिल्यो, स्टेडियम लगायतका पूर्वाधार बनाउने कामदारसँग कस्तो व्यवहार गरियो र विश्वकप आयोजनाको लागि उपयुक्त ठाउँ हो जस्ता प्रश्नहरु यस विश्वकपसंग जोडिएका छन्। फाइनल खेलको लागि कतारमा ७ स्टेडियम, एउटा नयाँ विमानस्थल, नयाँ मेट्रो र सदःहरु बनाइएको छ। जुन स्टेडियममा फाइनल खेल खेलिनेछ त्यहि स्टेडियममा नै ९ दोस्रो खेलपनि हुनेछ र यो नयाँ शहरको केन्द्रबिन्दु समेत हो। तर कतारको यो परियोजनासँग जोडिएका ३० हजार प्रवासी मजदुरसंग गरिएको व्यवहारलाई लिएर आलोचना खेपिरहनु परेको छ। सन २०१६ मा मानवअधिकार समुह एम्नेष्टी इन्टरनेश्नल ले कतारमा मजदुरहरुसंग जबर्जस्ती काम गराएको आरोप लागेको थियो। धेरै मजदुरहरुलाई पर्याप्त सुविधाको अभावमा एकै कोठामा राखिने र बस्ने ठाउँ पनि गुणस्तरीय र सफा नहुने, काममा भर्ना गर्दा मोटो रकम लिने र कामदारहरुलाई उनीहरको पासवर्ड खोसिने जस्ता ब्योहार कतार सरकारबाट भएको छ भने आरोप लाग्दै आएको छ।   सन् २०१७ मा कतार सरकारले प्रवासी मजदुरहरुलाई गर्मिमा काम गर्नबाट रोक्ने,  कामको घण्टा सिमिति गर्ने र क्याम्पमा बस्ने व्यवस्था गरेको थियो। तर ह्युमन राइट्स वांचको २०११ को रिपोर्टमा भनिएको थियो। विदेशी कामदार अहिले पनि तलबमा अत्यधिक कटौती भएको छ। त्यस्तै दिनभर कयौं घण्टा काम गरे पश्चात कयौं महिनासम्म बीना पारिश्रमिक काम गर्न मजबुर गरिएको कतार सरकारमाथि आरोप छ। एम्नेष्टी इन्टरनेश्नलका अनुसार कफला वा स्पोन्सरशिप प्रणालीलाई खत्तम गरेपनि कर्मचारीहरुलाई दबाबमा राखिएको थियो। कफला वा स्पोन्सरशिप प्रणाली मातह नियुक्ति गरिएको वा सहमतीमा राखिएका कर्मचारीहरुलाई जागिर छोड्न प्रतिबन्ध लगाईएको थियो। यस्ता सुधारका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नलाई सफलता मिलिरहेको एम्नेष्टी इन्टरनेश्नलको भनाई छ। नियम तोड्ने कम्पनीको संख्या लगातार कम भएको छ।    कति मजदुरको भयो मृत्यु ? फेव्रुरी २०२१ मा गार्ड़ीएन पत्रिकाले भनेको थियो, कतारले जबदेखि विश्वकप पाएको छ। त्यो बेलादेखि भारत, नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट करिब ६५०० को मृत्यु भएको छ।     अधिकारीहरुले मृत्युको जुन तथ्यांक दिएका छन् त्यसमा मृतकको पेशा वा स्थानको आधारमा बर्गिकरण गरिएको छैन। तर श्रम अधिकार समुह फेयरस्केयरका अनुसार मृत्यु हुनेहरुमा धेरैजसोले पूर्वाधारको परियोजनामा काम गर्ने गर्दथे। यस बिषयमा कतार सरकारले भने मृतकको संख्या धेरै भनिएको आरोप लगाएको छ। कतार सरकारको अनुसार यसरी मृत्यु हुनेमा कयौं बर्षदेखि कतारमा बसेर त्यहीं काम गर्दै आएकाहरु पनि रहेका छन्। कतार सरकारको अनुसार मृतक हुनेहरुमा कयौं मानिसहरु भवन निर्माणको क्षेत्रमा काम गरेका थिएनन। कतारकाअनुसार सन् २०१४ देखि २०२० को बीचमा विश्वकप स्टेडियम बनाउने मजदुरहरुमा ३७ जनाको मात्रै मृत्यु भएको छ। यसमा ३४ जनाको मृत्यु कामको कारण नभएको कतारको दाबी छ। तर अन्तराष्ट्रिय श्रम संगठन, आइएलओं को अनुसार कतारले अचानक र अप्रत्याशित तरिकाबाट मृत्यु भएका मजदुरलाई मृत्युको गणनामा गणना गरेको छैन। कतार सरकारले मृत्यु हुनेहरुलाई हृदयघात, हिटस्ट्रोक जस्तो कारण देखाएको आइएलओको आरोप छ।  आइएलओले कतारमा सरकारी अस्पताल र एम्बुलेन्स सेवाबाट मृत्यु हुनेको तथ्यांक जम्मा गरेको जनाएको छ। यसमा विश्वकप परियोजनासंग जोडिएका मृत्युको तथ्यांक पनि सामेल छन्। यस तथ्यांकको अनुसार सन् २०२१ मा ५० मजदुरको मृत्यु भएको छ भने ५०० भन्दा बढी गम्भीर रुपमा घाइते भएका छन्। त्यस्तै ३७ हजार ६०० जनालाई मध्यम तहको चोट लागेको छ। यी मृत्यु तथा गम्भीर दुर्घटनाका कारण उचाईबाट खस्नु, सडक दुर्घटना र अन्य बस्तु शरीरमा खस्नु रहेको आएलओको अध्ययनमा देखाएको छ। क्या एलजिबिटि समुदायका मानिस सुरक्षित छन् ?कतार एउटा रुढीवादी मुस्लिम देश हो र यहाँ समलैंगिक सम्बन्ध अबैध छ। एलजिबिटि समुदायका अधिकारिहरुले समर्थन गर्ने समुहले प्रतियोगिता सुरु हुनु भन्दा पहिल्यै फिफा र कतारको आयोजना समितिलाई केहि परिवर्तन गर्न भनेको थियो। यो परिवर्तनले समुदायको सुरक्षा सुनिस्चित गर्ने, कतारमा प्रवेशको अधिकारलाई सुनिश्चित गर्ने र एलजीबिटि संग जोडिएका मुद्दा सम्बन्धमा चर्चा प्रतिबन्ध नलगाउने माग सामेल छन्। कतार विश्वकपका आयोजकहरुले पहिले भनेका थिए कि सबैलाई स्वागत छ। तर समलैंगिक र गैर समलैगिंकको तर्फबाट स्नेहका सार्वजनिक प्रदशन गर्नु आफ्नो परम्पराको हिस्सा नभएको उनीहरुको दाबि छ। कतारलाई विश्वकपको आयोजना कसरी पायो ?बर्ष २०१० मा जब फिफाले कतारलाई प्रतियोगिता आयोजना गर्न पाउने घोषणा गर्यो। त्यो समय देखि अहिलेसम्म कतार विवादको घेरामा रहेको छ। एउटा निकै सानो समुद्र देश जसको फुटबल इतिहास पनि सानो छ । विश्वकपका लागि कहिल्यै पनि छनौट भएको रेकर्ड छैन। यस्तो देशले जब अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापान जस्तो देशलाई पछाडी छोडेर प्रतियोगिता आयोजनाको अवसर पाउनु आफैंमा चमत्कार र आश्चर्यजनक हो। फिफाका अधिकारीहरुलाई घुस दिएर प्रतियोगिता आयोजना पाएको पनि कतारमाथि आरोप लाग्दै आएको छ। यद्दपी फिफाले यी आरोपलाई स्वतन्त्र जांच गराएको थियो र कुनै पनि ठोस प्रमाण भेटेको थिएन। कतारले यी आरोपहरुलाई अस्विकार गरेको छ। उसले प्रतिनिधिहरुको भोट किनेको भन्ने थियो तर फ्रान्सका अधिकारी सम्मेलित जांच टोलिको अनुसन्धान अहिलेपनि जारी छ। बर्ष २०२० मा अमेरिकाले फिफाका तीन अधिकारीहरुमाथि कतारबाट मोटो रकम लिएको आरोप समेत लगाएको थियो। जाडोमा किन हुँदैछ कतारमा विश्वकप ?विश्वकप प्रतियोगिता सामान्यतया जुन र जुलाईमा आयोजना हुने गर्दछ। तर कतारमा बर्षका यी महिनाहरूमा औशत तापमान करिब ४१ डिग्री सेल्सियर हुन्छ र यो ५० डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। यस्तो गर्मि खतरनाक हो र यस्तो स्थितिमा ९० मिनेट फुटबल खेल्ने कुरा सोच्न पनि सकिदैन। विश्वकप आयोजनाको बोलि लगाउने क्रममा कतारले एडभान्स एयर कन्डिसनको प्रयोग गर्ने प्रतिबद्दता गरेको थियो। स्टेडियम र परिक्षण पिच जस्तो ठाउँलाई २३ डिग्री सेल्सियससम चिसो गर्ने कतारको दाबी थियो। जबकी २०१५ मा फिफाले यो निर्णय लियो कि विश्वकप फुटबल २०२२ को आयोजना जाडोमा आयोजना गरिने छ।  विश्वकप २१ नोभेम्बरदेखि सुरु हुनेछ र फाइनल डिसेम्बरमा खेलिनेछ। यसको अर्थ कयौं देशहरुको क्लब फुटबल सिजनको ठिक बीचमा पर्नेछ। र विश्वकपका कारण क्लबका खेलहरुमा बाधा आउँन सक्नेछ। उदाहरणको लागि इंगलिस प्रिमियर लिग १३ नोभेम्बरदेखि २६ डिसेम्बरको बीच कुनै खेल खेलिने छैन। र यसको भर्पाइको लागि २०२२-२०२३ सिजन सामान्य भन्दा एक साता पहिले सुरु हुनेछ र एक हप्तामा सकिनेछ।

विश्व पर्यटन सन् २०२१ मा ४ प्रतिशतले बढ्यो

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन शुरू भएको ‘कोभिड–१९’ महामारीले गर्दा हालसम्म पनि विश्व पर्यटनले सन् २०१९ ताकाको गतिमा फर्कन नसकेको अवस्था छ । विश्वका पर्यटन विज्ञहरूले कोरोना महामारीले सन् २०२१/२२ मा स्वाभाविक रूपमा बिदा लिएमा विश्व पर्यटनले सन् २०१९ को गतिमा पुग्न कम्तीमा सन् २०२४/२५ सम्म लाग्न सक्ने बताएका थिए भने, विश्व पर्यटनले अझ अघि बढ्नलाई सन् २०२६/२७ सम्म लाग्ने पूर्वानुमान गरेका थिए । तर, नयाँ–नयाँ भेरियन्ट विकास हुँदै अहिले ‘ओमिक्रोन’सम्म आइपुगेको अवस्था छ । नेपालमा सन् २०२१ मा १ लाख ५० हजार ९६२ विदेशीले मात्रै भ्रमण गरेको तथ्यांक रहेको छ । स्मरणीय छ, सन् २०१९ को डिसेम्बर अन्तिममा शुरू भएको कोरोना महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तापनि सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ बढेर १५ दशमलव १ दिन पुगेको थियो । त्यस्तै सन् २०२० मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन ६५ अमेरिकी डलर खर्च गरेका थिए । अब सन् २०२१ मा विश्वमा घुम्न निक्लेका पर्यटकको संख्याको बढोत्तरी बारेमा जान्नेतर्फ । हो, तथ्यांक हेर्दा सन् २०२० को तुलनामा सन् २०२१ मा विश्वमा घुम्न निक्लेका पर्यटकको संख्या ४ प्रतिशतले बढेको देखिएको छ । संयुक्त राष्ट्रसंघसँग आबद्घ विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ) का अनुसार सन् २०२० मा विश्वमा ४ सय १ मिलियन (४० करोड ४४ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७४ प्रतिशतले कम हो । तर, सन् २०२१ मा भने ४ सय १५ मिलियन (४० करोड ५५ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक सन् २०१९ को तुलनामा ७२ प्रतिशतले कम संख्या हो । सन् २०१९ मा १ दशमलव ५ विलियन अर्थात् १ अर्ब ५० लाख पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१८ को तुलनामा विश्व भ्रमण गर्न निक्लेको पर्यटकको संख्या ४ दशमलव ३ प्रतिशतले बढी संख्या हो । यसरी महादेशको हिसाबबाट सन् २०२० को तुलनामा सन् २०२१ मा विश्व भ्रमण गर्ने पर्यटकको संख्याको बढोत्तरी अर्थात् बढेको तथ्यांक हेर्दा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक यूरोप महादेशमा बढेको देखिन्छ । त्यसमा पनि देशपिच्छे तथ्यांक छुट्याएर हेर्दा फ्रान्समा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको देखिन्छ । सन् २०२१ मा फ्रान्समा मात्रै ८ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक देखिन्छ । यस्तै सन् २०२१ म दोस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि यूरोप महादेशकै स्पेन रहेको छ । जहाँ सन् २०२१ मा ८ करोड ३७ लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ । सन् २०२१ मा तेस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ उत्तर अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका रहेको छ । संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा ७ करोड ९३ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ । सन् २०२१ मा चौथौ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ एशिया महादेशको चीन रहेको छ । सन् २०२१ मा चीनमा ६ करोड ५७ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यस्तै गरेर पाँचौं धेरैसंख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि यूरोप महादेशकै इटली रहेको छ । स्मरणीय छ, सन् २०२१ मा इटलीमा ६ करोड ४५ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । सन् २०२१ मा धेरै पर्यटकले भ्रमण गरेको छैटौं देश आफ्नो आधा भूगोल यूरोप र आधा भूगोल एशियामा पर्ने तर, आपूmलाई सधैं यूरोप महादेशकै एक देश भनेर दाबी गर्ने टर्की रहेको थियो । टर्कीमा सन् २०२१ मा ५ करोड १२ लाख विदेशी पर्यटक भ्रमण गर्न गएका थिए । त्यस्तै सन् २०२१ मा सातौं स्थानमा रहेको (विदेशी पर्यटकले भ्रमण गरेको) देशचाहिँ उत्तर अमेरिका महादेशको मेक्सिको हो । स्मरणीय छ, सन् २०२१ मा मेक्सिकोमा ४ करोड ५० लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ । सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको आठौं देशमा एशिया महादेशको थाइल्यान्ड रहेको छ । सन् २०२१ म थाइल्यान्डमा ३ करोड ९८ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै सन् २०२१ मा नवौं धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि यूरोप महादेशकै जर्मनी रहेको छ । जर्मनीमा सन् २०२१ मा ३ करोड ९६ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा १०औं धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि यूरोप महादेशको बेलायत रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा बेलायतमा ३ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ । यसरी सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको १० देशभित्र परेको आठौं, नवौं र १० औं स्थानमा रहेका तीन देशको पर्यटकको संख्या अर्थात् तथ्य–तथ्यांक हेर्दा थाइल्यान्ड, जर्मनी र बेलायतको स्थानमा खासै धेरै संख्याले फरक पारेको देखिँदैन । ती तीन देशमा केवल २–२ लाखको संख्याले मात्रै तलमाथि परेको देखिन्छ । पुनश्च माथिका सबै अन्तरराष्ट्रिय पर्यटकीय तथ्य–तथ्याकको स्रोत संयुक्त राष्ट्रसंंघसँग आबद्ध रहेको विश्व पर्यटन संगठन यूएन–डब्ल्यूटीओ र गूगलबाट लिइएको हो । लेखक पर्यटनकर्मी हुन् ।