माओवादी केन्द्रको वैधतामाथि प्रश्न!

काठमाडौं। नेकपा माओवादी केन्द्रको वैधतामाथि प्रश्न उठाउन थालिएको छ। बुधबार निर्वाचन आयोगलाई पत्र लेखेर वैधानिकता गुमाइसकेकाले पार्टी खारेजीको माग गरेका पूर्व माओवादी नेताहरुले शुक्रबार आयोग पुगेरै वैधताको परीक्षण गर्न दबाब दिएका हुन्। आयोगमा बुझाएको पत्रमा ५ वर्षमा हुर्नुपर्ने महाधिवेशन २०६९ साल माघदेखि नभएको जिकिर गरिएको छ। शुक्रबारैैै माओवादी केन्द्रको बैधता आफूले पाउनुपर्ने भन्दै भविसोर पराजुलीले आयोगमा निवेदन दिएका छन्।