उपमेयर कपमा आज दुई खेल हुँदै, गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज सोमबार दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित र गौरीगंगासँग बराबरी खेलेको थियो । वेदकोट दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा छ […]

सम्बन्धित सामग्री

४०७ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने […]

यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवाद

हुन त नेताहरूलाई आलोचना गर्दा पनि गालीमा पानीको स्रोतको विषय पनि निकै आउँछ । कसैलाई गण्डकी बेचुवा । कसैलाई कोशी बेचुवा । कसैलाई महाकाली बेचुवा । राजनीतिक नेतृत्वलाई गालीको रचना गर्भसमेत पानीमै आएर निर्भर छ ।

हर्कलाई बराहक्षेत्र नगरको पत्र: कोकाहको पानी लग्ने भए कार्यपालिकाको निर्णय ल्याऊ

बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले तत्काल खानेपानीको काम रोकेर संस्थागत समन्वय गर्न धरान उपमहानगरलाई पत्र पठाउने निर्णय गरेको छ ।

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराह क्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । मेयर कार्कीले धरान […]

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । मेयर कार्कीले धरान […] The post कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरीका नेतालाई मतदाताको प्रश्न : घोषणापत्रमा खोइ कोसी पीडितका मुद्दा ?

२९ कात्तिक, धरान । बराहक्षेत्र नगरपालिका २ का आनन्दप्रसाद गौतम (८४) को खेतबारी २०३६ सालमा कोसीको बाढीले बगायो । तर उनले नदी बगिरहेको जग्गाको तिरो (मालपोत) अहिले पनि तिरिरहेका छन् । ‘०३६ सालदेखि अहिलेसम्म कति मन्त्री भए, केही भएन, न सट्टा भर्ना, न मुआब्जा, कोसी बगेको जमिनको मालपोत चाहिं लिइरा’खेको छ, लगत कट्टा पनि गरेको […]

सुनसरी १: जसपाका नेता अशोकलाई एमालेका बागीको चुनौती

मंसिर ४ गते हुन लागेको निर्वाचनमा धरान उप-महानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा पनि ठूला दल गठबन्धनका उम्मेदवारलाई एमालेका बागी र स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका हुन्।...

‘धरान–बराहक्षेत्र–रामधुनी धार्मिक सर्किट’ बनाइँदै

सुनसरीका एक उपमहानगरपालिका र दुई नगरपालिकामा नाम चलेका धार्मिक स्थललाई जोडेर सर्किट बनाइने भएको छ।...

बाढीले अटो बगाउँदा युवतीको मृत्यु

सुनसरी : बराहक्षेत्र नगरपालिका १ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।आइतबार साँझ पौने ८ बजेचतराबाट धरान आउँदै गरेको को २ ह ८९८५ नम्बरको अटो बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ वर्षीया स्टिफिना राई र चालक धरान- १७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा स्टिफिनालाई मृत अवस्थामा फेला पारेको हो। चालक राजुलाई भने सामान्य घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धरान पठाएको इलाका प्रहरी कार्

जलयात्रासँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

वैशाख ५, सुनसरी । सुविधा सम्पन होटलहरु सञ्चालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोशीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ ।  केही वर्ष अघिसम्म बराहक्षेत्र मन्दिरमा पूजाअर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्वीर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्वागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराहक्षेत्रमै बस्न थालेपछि होटल तथा पर्यटन व्यवसायको आम्दानी पनि बढ्दै गएको छ । पकली – रुपनगर सडक खण्ड अन्तरगत निर्माण भएको बैकल्पिक राजमार्गको नाममा सप्तकोशीमा पुल निर्माण भए पछि ‘नयाँ कोशी पुल’ मा पर्यटकहरुको चहल पहल तिब्र हुन थालेको उद्योग वाणिज्य संघ चतराका अध्यक्ष रमेशकुमार बिष्ट बताउँछन् ।  विसं २०७२ सालमा शिल्यान्यास भएको पुल वरिपरी सुविधा सम्पन्न होटल सञ्चालन भएपछि सुनसरी आसपास तथा उदयपुरका पर्यटकहरु रमाउने थलो मात्र भएको छैन जमघट गर्ने थलोको रुपमा पनि विकास हुँदै गएको विष्टको भनाइ छ ।  बराहक्षेत्रको नाम नसुन्ने नेपालमा पर्यटक प्रायः कमै होलान् । बहुसंख्यक हिन्दु तथा ओमकार धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मको महत्वपुर्ण चारधाममध्ये एक मानिएको बराहक्षेत्र प्रायः नेपालीको आस्थाको केन्द्रनै हो । कोका कौशिकीमा स्नान गरेर भगवान बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न नेपाल लगायत अन्य मुलुकहरुबाट पनि हिन्दुधर्मावलम्बीहरु बराहक्षेत्र आउने गर्दछन् ।  पछिल्लो समय धार्मिक पर्यटकहरुसँगै साहसीक तथा मनोेरंजनात्मक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भइरहेको छ । बराहक्षेत्रको चतरा र उदयपुरको बेलकाको कोठुक्षेत्र हाल पर्यटकीय हबको रुपमा विकास भइरहेको छ । नयाँ कोशी पुलस्थित होटल ग्यालेक्सीका संचालक इश्वर गुरुङ्गका अनुसार पुल आसपासका होटलले औषतमा ८ देखि १० लाख रुपैया मासिक कारोबार गर्ने गर्दछन् । पुल वरपर १५ / १६ ओटा होटल सञ्चालन भइरहेको छ भन्ने शुक्रवार र शनिवार ३ देखि ४ हजार पर्यटकहरु आउने गरेको उनको भनाइ छ । धार्मिक रुपमा प्रख्यात बराहक्षेत्र मन्दिर, कुम्भनगरी चतराधाम, औलिया बाबा जस्ता धार्मिक देवदेवालयहरुको भौतिक तथा विकास निर्माण र प्रचारप्रसारका कारण पछि परिरहेको समयमा बराहक्षेत्रमा भएका प्राकृतिक स्थल र सौन्दर्यताले प्रदेश नं १ का पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।   सप्तकोशीमा पछिल्लो समय जल यातायात आन्तरिक पर्यटकको रोजाई बनी रहेको छ । नेपाली पानीजहाज सञ्चालनले सप्तकोशीको महत्वलाई बढाई रहेको छ भने स्थानीय व्यवयसायीको आर्यआर्जन पनि बढ्दै गएको छ ।  कोशी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन हुने दाबी गरिएको छ । साथै आन्तरिक तथा बाह्रय पर्यटन विकासमा यस कदमले ठूलो योगदान र चिनारीमा टेवा पुग्ने छ । नगरपालिकाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा वडा नं १ अग्रपंक्तिमा रहेको छ । वडामा रहेका धार्मिक, सांस्कृतिक, सौन्दर्यात्मक तथा मनोरञ्जनात्मक स्थलको अबलोकन र रमाउन वार्षिक लाखौ पर्यटक आउने गरेका छन् । सवै प्रकारका पारखीहरुको तिर्सना मेट्ने गन्तव्यको रुपमा रहेको वडा नं १ लाई पर्यटक हब बनाउन लागि परेको वडाअध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । वडामा रहेका बराहक्षेत्र मन्दिर, चतराधाम मात्र नभई मनोरञ्जन चाहने पर्यटकहरुको लागि समेत वडा नं १ प्रमुख गन्तव्य हुन सक्ने उनको भनाइ छ ।