जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ । कार्यालयले आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।&nbs