निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन्।
संस्थानका डीन प्रा. डा. मोहन राज शर्माको मार्गदर्शनमा सञ्चालन हुने उक्त विभागको नेतृत्व सहप्राध्यापक डा. सुदीप पराजुलीले विभागीय प्रमुखका रूपमा गर्नेछन् । विभागका सदस्यहरूमा उपप्राध्यापक डा. विज्ञान राज ज्ञवाली र उपप्राध्यापक डा. प्रदीप राज रेग्मी रहेका छन् ।
१७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ । बिहीबार दिउँसो विमानस्थलमा विमान दुर्घटनापश्चात गर्नुपर्ने आपतकालीन उद्धारको पूर्वतयारीका लागि यो अभ्यास गरिएको हो ।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल …
सुरूआतमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ ।
सूचनामा दर्ताविहीन स्वास्थ्य संस्थामा कार्य गर्नु वा त्यस्ता संस्थासँग आबद्ध हुनु पेशागत आचारसंहिता तथा कानुनको उल्लङ्घन मानिने स्पष्ट पारिएको छ। यस्तो कार्यमा संलग्न पाइएमा सम्बन्धित चिकित्सकविरुद्ध काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।