रसुवाको भोटेकोशीमा आएको बाढीबाट घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। आयोगका अनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो। यो विवरण घरपरिवार र प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक नतिजा हो। […]
मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानविन समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए ।
विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए। त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र […]
काठमाडौँ। सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयाल, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध […]