ट्राफिक प्रहरीले थाल्यो सवारीको अवस्थाबारे चेकजाँच (फोटोफिचर)

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको अवस्थाबारे चेकजाँच शुरु गरेको छ । बुधबार त्रिभुवन विश्वविद्यालयको गेटमा प्रहरी प्रधान कार्यालयका प्राविधिकहरुको सहयोगमा चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।काठमाडौं हुँदै मकवानपुर र वीरगञ्ज चल्ने टाटा सुमो, बोलेरो, माइक्रोबस  र सामान ओसार्ने भ्यानको ब्रेक, स्टेरिङ र इन्जिन आयलको अवस्थाबारे जाँच गरिएको छ । चेकजाँचको क्रममा ३४ वटा सवारी साधनमा त्रुटी भेटिएको एसएसपी भट्टले जानकारी दिए । इन्जिन

सम्बन्धित सामग्री

दाङमा चाडपर्वमा हुन सक्ने गाडी दुर्घटना रोक्न चेकजाँच तीव्र

दाङ – चाडपर्वको समयमा हुन सक्ने सम्भावित गाडी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ । दाङ बाहिरिने तथा भित्रिने र विभिन्न स्थानीय रुटमा चल्ने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रयाक्टर रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । तीव्र गतिमा गाडी चलाउनेलाई टाढैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ । तीव्र गतिमा गाडी चलाउनेलाई ठाउँको ठाउँ कारबा...

ट्राफिक प्रहरीद्धारा चेक जाँचमा कडाई

कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले चेकजाँच दोब्वरले बढाएको छ। दिनानुदिन दुर्घटना बढ्दै गएसंगै ट्राफिक प्रहरीले सवारी साधनमा निगरानी बढाएको हो।...

४३ गाडीको प्रदूषण चेकजाँच गर्दा १४ वटा ‘फेल’

१९ पुस, काठमाडौं । ट्राफिक प्रहरीले अत्याधिक वायु प्रदूषण गर्ने १४ वटा सवारी सधानलाई कारबाही गरेको छ । मंगलबार काठमाडौंको कलंकीमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा अत्याधिक धुँवा फाल्‍ने सवारी सधानमाथि कारबाही गरिएको हो । ती सवारी सधानको कागजपत्र पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट […]

ठूलो दुर्घटनापछि बारामा ट्राफिक प्रहरीले बढायो सक्रियता

दसैँको समयमा बारामा बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि ट्राफिक प्रहरी सचेत देखिएको छ। राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले मानवीय तथा यान्त्रिक चेकजाँच थालेको छ। नेपाल प्रहरी...

कपिलवस्तु ट्राफिक प्रहरीले सवारी चालक चेकजाँच गर्दै

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दूरीको यात्रुबाहक बसमा २ जना सवारी चालक भए नभएको चेकजाँच सुरु गरेको छ । लामो दूरीको यात्रुबाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकाले चेकजाँच सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो । दशैंमा सवारी साधनको धेरै चाप […]

ट्राफिक प्रहरीद्वारा १ सय १८ जना विद्यार्थीलाई कारबाही

काठमाडाैं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ। अभियान अन्तर्गत आज बिहान कलेजका विद्यार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न गरिएकाे हाे।चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार ७ जना विद्यार्थीहरूलाई कारवाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार हेल्मेट

मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला, दुईजना पक्राउ

काठमाडौंको महाराजगञ्जमा मोटरसाइकल चेकजाँच गर्दा ट्राफिक प्रहरीले लागुऔषध फेला पारेको छ । गएराति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागुऔषध फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय आशिक कुमालको साथबाट प्रहरीले ४८ पिस फेनारगन,  ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज बरामद गरेको छ ।महाराजगञ्ज चोकबाट प्रहरीले नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने आशिक कुमाल र मोटरसाइकल पछाडि स

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो […]

काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो । […]

मोबाइल एप्समार्फत अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू

ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै अन द स्पट  चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । यातायात व्यवस्था विभागले सोमबार एक कार्यक्रमका बीच नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेशन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् । महानिर्देशक घिमिरेले वि