पछिल्लो ११ महीनामा २० हजारभन्दा बढी पर्यटक मनाङ पुगे

मनाङ ।कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् । सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् । मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताए । उनले भने, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उनि जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् ।  

सम्बन्धित सामग्री

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् ।

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार ८०० भन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार ८०६ जना विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । […]

दसैंमा चितवन निकुञ्जमा २० हजारभन्दा बढी पर्यटक

दसैंका बेलामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न उल्लेख्य संख्यामा आन्तिरक र बाह्य पर्यटक पुगेका छन् । निकुञ्जले पर्यटकबाट दसैंमा मात्रै एक करोड ८५ लाख ४४ हजार ९५० रूपैयाँ राजस्व संकलन गरेको छ ।

अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए २० हजार पर्यटक

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा  आ.व ०७९/८० मा २० हजार बढी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार आ.व ०७९/८० मा सार्क राष्ट्रका ८ सय ४३ र अन्य...

लाङटाङ राष्ट्रिय निकुञ्जमा नौ महिनामा भित्रिए ३ हजार पर्यटक

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटकको आगमन घटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटकको आगमन बढ्न नसकेको हो ।  वार्षिक २० हजारभन्दा बढी पर्यटक आउने गरेकामा चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ३ हजार १ सय ४१ पर्यटक आएका छन् । निकुञ्जले दिएको जानकारीअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्ममा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन् । आएका  पर्यटक जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा ...