संखुवासभा– संखुवासभाको किमाथाङ्का नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकानजिकबाट पक्राउ पर्ने २८ वर्षीय चिनियाँ नागरिक चाऊ चिनचियाउ रहेको संखुवासभा प्रहरीले जनाएको छ । ती व्यक्ति नेपाल आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको छ ।