दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने

काठमाडौं– दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो । यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । […]

सम्बन्धित सामग्री

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बैंकिङ कारोबार चार दिन बन्द हुने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार भदौ २० गते पूर्णरूपमा बन्द हुने भएको छ । कम्पनीले सूचना जारी गर्दै कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नुपर्ने भएकाले उक्त दिन बिहान ८ बजेदेखि भदौ २३ गते शनिवार राति १२ बजेसम्म (चार दिन) कारोबार बन्द हुने जानकारी दिएको हो । आफ्नो सेवालाई अझ परिस्कृत गर्नका लागि कम्पनीले कोर बैंकिङ सिष्टम प्रतिस्थापन गर्न लागेको बताएको छ । डाटा माइग्रेसनपश्चात् ग्राहकहरूको नयाँ खाता नम्बर कायम हुने र सोही नम्बरबाट साबिकबमोजिम कारोबार गर्न सकिने कम्पनीको भनाइ छ । साथै अन्य निकायहरू शेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अद्यावधिक गराउनुपर्ने कम्पनीले जानकारी दिएको छ । बैंकिङ कारोबार बन्द रहने अवधिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्नसमेत कम्पनीले आग्रह गरेको छ । बैंकिङ कारोबार बन्द हुँदा ग्राहकहरूमा पर्न जाने असरप्रति कम्पनीले क्षमा मागेको छ ।

बैंकिङ कसुरका मुद्दा बढे

झापामा पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढेका छन् । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायतका बैंकिङ कसुरका मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० […]

मोबाइल बैंकिङ कारोबार गर्दा सचेत हुन माछापुच्छ्रे बैंकको आग्रह

माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाको प्रयोग गर्दा सावधानी अपनाउन ग्राहकहरूलाई आग्रह गरेको छ । सो बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकले सो सम्बन्धमा छानबिन गरेको स्पष्ट पारेको “ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग […]

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समता […]

कर्णाली प्रदेशमा बैंकिङ कारोबार बढ्यो

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार उच्च दरमा वृद्धि भएको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७-०७८ को असारसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३५.९१ प्रतिशतले […]

इजाजत नलिई बैंकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने […]

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७...

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ?

मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ ।  गत आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम महिना असारमा इन्टरनेट बैंकङबाट हुने कारोबार रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको छ । जब कि त्यसअघिको वर्षको असार महिनामा यस्तो कारोबार १९ अर्ब ४ करोड ८० लाख रुपैया रहेको थियो ।  यस हिसाबले हेर्दा यस वर्ष २७ प्रतिशतले...

बैंकिङ कारोबार घरबाटै गर्न संघको आग्रह

काठमाडौं (अस) । नेपाल बैंकर्स संघले कोभिड संक्रमण फैलिएसँगै स्वास्थ्य सुरक्षाका लागि बैंकिङ कारोबार घरैबाट गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायत कार्य गर्न सकिने संघले स्मरण गराएको छ । सामान खरिद गर्दासमेत उपलब्ध भएसम्म कार्ड प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी नगद कारोबार नगर्न संघले सुझाएको छ । ग्राहकको सहजताका निम्ति निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले बताएको छ । कुनै परिस्थितिवश इमेल गर्न नसकिए निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाटै लागू हुने गरी नवीकरण गर्न सकिनेछ ।

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै

बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ […]