बैंकिङ कारोबार घरबाटै गर्न संघको आग्रह

काठमाडौं (अस) । नेपाल बैंकर्स संघले कोभिड संक्रमण फैलिएसँगै स्वास्थ्य सुरक्षाका लागि बैंकिङ कारोबार घरैबाट गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायत कार्य गर्न सकिने संघले स्मरण गराएको छ । सामान खरिद गर्दासमेत उपलब्ध भएसम्म कार्ड प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी नगद कारोबार नगर्न संघले सुझाएको छ । ग्राहकको सहजताका निम्ति निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले बताएको छ । कुनै परिस्थितिवश इमेल गर्न नसकिए निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाटै लागू हुने गरी नवीकरण गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन

काठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो। सूचनामा भनिएको छ, 'एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल बैंकिङ गर्नुहोस्।' यसैगरी, सामान खरिद गर्दासमेत विद्युतीय भुक्तानीको प्रयोग गरेर नगद कारोबार घटाउन संघको आग्रह छ।

नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै गर्न सकिने

काठमाडौं। नेपाल बैंकर्स संघले कोभिड-१९ को जोखिम कायमै रहेकाले घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। संघले आइतबार विज्ञप्ती