तराई-मधेसमा आज होली पर्व मनाइँदै

१६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना […]

सम्बन्धित सामग्री

तराईमा होलीको रौनक (तस्बिरहरु /भिडिओ)

होलीको दोस्रो दिन तराई मधेसका विभिन्न जिल्लाहरूमा आज होली पर्व मनाइँदै छ।

तराईं–मधेशमा आज होली मनाइँदै

काठमाडौँ - नेपालको मधेश तथा तराई क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरूपमा मनाउने गरिन्छ । हिमाली र पहाडी जिल्लामा सोमबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने प्रचलन नेपालमा छ । स्थानअनुसार मनाइने फागु पूर्णिमा...

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुधाम– जनकपुरधाममा आज होली पर्व मनाइँदै छ । मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ । जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ । शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए । यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट […]

एक आपसमा रङ लगाउँदै आज होली पर्व मनाइँदै, तराईमा भोलि

चैत ३, काठमाडौं । रंगहरुको पर्व होली आज (बिहीवार) काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली (फागुपूर्णिमा) मनाइन्छ । फागुपूर्णिमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ । पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन रहँदै आएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । यस पर्वका अवसरमा काठमाडौंको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।  उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।