६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौँ। नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो । आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । शनिबार साँझ नै चीनको […]

सम्बन्धित सामग्री

श्रीलंकासँग ओमान ९८ रनमै अलआउट

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् । बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । ओमान यसअघिका दुवै खेल जितेर तालिकाको ...

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

१७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् […]

ओमान र युएई सेमिफाइनलमा

उपाधि दाबेदार ओमान र युएई एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ओमानले समूह ‘ए’मा साउदी अरेबियामाथि ७२ रनको जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । युएईले...

ओमान जान अब खोप लगाएको प्रमाण भए पीसीआर परीक्षण गर्न नपर्ने

काठमाण्डौ – ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर,स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड अस्ट्राजेनेका लगायत रहेका छन् । यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनु...

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्प

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशिय टी-२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । नेपाली टोली साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान प्रस्थान गरेको क्यानले जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान प्रस्थान गरेको […]

ओमान जाने नेपाली टोलीमा सागर ढकाल थपिए

२५ माघ, काठमाडौं । टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न ओमान जाने टोलीमा सागर ढकाल थपिएका छन् । यसअघि ओमान जाने टोलीमा १६ जनाको नाम मात्र घोषणा भएकामा सागरसमेत समावेश गरेर १७ खेलाडी ओमान जाने भएका छन् । ओमान जाने नेपाली क्रिकेट टोलीको मंगलबार भर्चुअल माध्यमबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई विदाइ गरे । ओमान […]

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो।...

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् । यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले […]

ओमान भ्रमणमा १७ खेलाडी जाने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ […]