मन्त्रिपरिषदद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि सिफारिस

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश  जारी गरेको थियो । अध्यादेश फिर्ता नलिइ सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टीको अडानपछि  अध्यादेश फिर्ता भएको हो ।

सम्बन्धित सामग्री

पार्टी फुटाउन सहज हुने अध्यादेश फिर्ता लिन सरकारको सिफारिस

सरकारले दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले  राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।राष्ट्रपतिले अध्यादेश फिर्ता लिएपछि यो अध्यादेश स्वत निष्क्रिय हुने छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने र फिर्ता लिन सक्ने संवैधानिक ब्यबस्था छ । सरकारको सिफारिसमा भदौ २ गते राष्ट्रपतिले 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ' अध्यादेश जारी गरेकी थिईन् ।  अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था थियो । सो ब्यबस्था अनुसार नेकपा एमाले र जसपा पार्टी फुटेर नेकपा एस र लोसपा पार्टी बनिसकेका छन् । नयाँ पार्टी बनेर उदेश्य पुरा भएको र अध्यादेशको कारण मन्त्रिपरिषद विस्तारमा कठिनाई भएपछि सरकारले अध्यादेश फिर्ता लिन लागेको हो । अध्यादेश फिर्ता भएपछि सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिद्वारा २० % मा दल फुटाउन सकिने अध्यादेश जारी

भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बुधवार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । उहाँले राजनीतिक दल सम्वन्धी (दोस्रो संशोधन) अध्यादेश- २०७८ जारी गर्नुभएको हो । मन्त्रिपरिषद्ले मंगलवार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा  दल फुटाउन सक्नेछन् । सरकारले दल विभाजन गर्ने निर्णय गरेपछि सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले विरोध गर्दै आएका छन्।

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा याे अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले याे अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।  दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो मङ्गलवार अध्यादेश सिफारिस गरेको थियो । राजनीतिक दल...

फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं सरकारले राजनीतिक दल विभाजनमा सहज हुनेगरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो । सो अध्यादेश मंगलबार नै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने निर्णय गराएर प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका […] The post फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.