भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर श्रीलंका पुगेका छन् । मंगलबारबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेकको सम्मेलनमा भाग लिन विदेशमन्त्री जनशंकर श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् । कोलम्बो पुगेलत्तै उनले त्यहाँका अर्थमन्त्री बसिल राजापाक्षेसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल ट्विटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका हुन् […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।बिम्सटेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।बिम्सटेकमा

पर्यटन व्यवसाय पुनर्उत्थान गर्न नेपालसहित चार देशले संयुक्त छलफल गर्ने

२३ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा सो सहमति भएको हो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले जयशंकरसँगको भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत, श्रीलंका, नेपाल र […]

प्रधानमन्त्रीलाई केहीबेरमा भेट्दै भारतीय विदेशमन्त्री सुष्मा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को सचिव (परराष्ट्र/विदेश) स्तरीय बैठक चलिरहँदा ती मुलुकका विदेशमन्त्रीहरु काठमाडौं उत्रिसकेका छन् । बिहीबार बिहानबाट बैठक आरम्भ हुँदैगर्दा सदस्य मुलुकहरु भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमश: सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुदअली र दाम्चो दोर्जी काठमाडौं आइपुगेका हुन् ।