राज्यले नीति बनाउने कि बेथिति ?

राज्यको नीतिगत कमजोरीका कारण सिटिइभिटि अन्तर्गतका स्वास्थ्य शिक्षा तहसनहस बन्दै, वर्षेनी साढे ७२ करोडको छात्रवृत्ति खेर जाँदै...

सम्बन्धित सामग्री

राज्यले नीति बनाउने कि बेथिति ?

राज्यको नीतिगत कमजोरीका कारण सिटिइभिटि अन्तर्गतका स्वास्थ्य शिक्षा तहसनहस बन्दै, वर्षेनी साढे ७२ करोडको छात्रवृत्ति खेर जाँदै...

सरकारमा बस्नेले कहिले सोच्लान् सार्वजनिक यातायातको बेथिति ?

काठमाडौं उपत्यकामा जुन दरमा जनसंख्या बढिरहेको छ, बस्ती विस्तार भइरहेको छ त्यसको दाँजोमा सार्वजनिक यातायात व्यवस्थित गर्नेमा काम हुन सकेको छैन । सार्वजनिक यातायातमा पूर्णतया निजीक्षेत्रको एकाधिकार छ भन्दा हुन्छ । रूट, सवारीसाधन आदि सबै निजीक्षेत्रले नै गरेको छ । सवारीसाधन सरकारी कार्यालयमा दर्ता र रूट पनि यातायात कार्यालयबाट स्वीकृति लिइएको छ । सरकारको संलग्नता यत्ति मात्र हो । त्यसैले सार्वजनिक यातायातमा बेथिति छ । सवारी चालक र सहचालकले यात्रुमाथि दुव्र्यहार गर्ने, मनपरी भाडा उठाउने विषय त सामान्य नै बनेको छ । त्यो भन्दा पनि ठूलो समस्या भनेको साँझ परेपछि सवारीसाधन नपाउनु हो । सार्वजनिक सवारी साधन भनी दर्ता भएका छन् तर कार्यालय समयमा विद्यार्थी बोक्न हिँड्छन् । जुन बेला बढी भीड हुन्छ त्यही बेला विद्यार्थी ओसार्न गएपछि यात्रुको बिचल्ली हुनु स्वाभाविक हो । सार्वजनिक सवारी साधन भनेर सञ्चालनमा आएपछि तिनीहरूले केके गर्न पाउने र केके नपाउने भन्ने स्पष्ट व्यवस्था हुनु आवश्यक छ ।  अहिले काठमाडौं महानगरले सबै बस बसर्पाकमा लैजानुपर्ने नियम बनाएको छ । यसलाई सफल बनाउन कानूनअनुसार दर्ता भएका यातायात कम्पनीहरूले मात्रै काउन्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउन्टर, एक काउन्टर एक टिकट नीति बनाउने, काउन्टरमा एउटै साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोसाक लगाएर मात्रै काउन्टरमा काम गराउने व्यवस्था गर्नु उपयुक्त हुन्छ । यात्रुहरूको गुनासा तथा सुझावका लागि काउन्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोल फ्री नं काउन्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरूसहित सबैको सहभागितामा समस्याहरूको समाधान गर्ने गरेमा सार्वजनिक यातायातमा सुधार आउन सक्छ ।  नयाँ बसपार्क निकै सानो भएकाले यसको विकल्प खोज्नुपर्छ भन्ने पनि आवाज उठेको छ । नयाँ बसपार्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । बसपार्कहरू शहर प्रवेश नाका आसपास हुनुपर्छ । तर, नयाँ बसपार्क मुख्य नाकाको ठीकविपरीत दिशामा अवस्थित छ । पश्चिमबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क हुनुपर्छ । पूर्वबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनहरूका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क चाहिन्छ । त्यस्तै, दक्षिणकाली नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनका लागि बल्खु उपयुक्त हुन्छ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कका रूपमा व्यवस्थित गर्न सकिन्छ । बाहिरबाट आउने बसलाई व्यवस्थित गर्ने हो भने उपत्यकाभित्रको ट्राफिक जाम केही व्यवस्थित हुन्छ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउन्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउन जरुरी छ । महानगरले बनाएका मापदण्डहरूलाई व्यवसायी र श्रमिकले इमानदारीपूर्वक पालना गर्नुपर्छ । बसपार्क कहाँ बनाउनेभन्दा पनि पहिले अराजक सार्वजनिक सवारीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेमा ध्यान जानु जरुरी छ । सबै बस कम्पनीलाई एउटा शक्तिशाली प्राधिकरणभित्र ल्याएर त्यसले कमाएको मुनाफा बाँड्ने गर्न सकिन्छ । यसो गर्दा सबैलाई केही न केही राहत हुन्छ ।     मोहन अधिकारी कलंकी, काठमाडौं  ।