नीति बनाउने सांसदको बेथिति : यी ३१ सांसद, जसले १४ वर्षसम्म पनि पेस्की फर्छ्योट गरेनन् (सूचीसहित)

व्यापारी अपहरणमा दोषी ठहर भई कैद भुक्तान गरेका संविधानसभा सदस्य श्यामसुन्दर गुप्ताले आर्थिक वर्ष २०६५/०६६ मा संसद सचिवालयबाट पेस्कीबापत लिएको रकम अझैसम्म फर्छ्योट गरेका छैनन् ।