अलमलमा अष्टलक्ष्मी : मुख्यमन्त्री पदबाट राजीनामा भने नदिने

हेटौंडा : पार्टी विभाजनसँगै अल्पमतका परेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने बताएकी छिन्। मुख्यमन्त्री शाक्यले राजीनामा नदिई सदनमा विश्वासको प्रस्तावको सामना गर्ने बताएकी हुन। साना दलसहित विपक्षीहरुको समर्थन लिएर आफनो सरकारको आयु लम्ब्याउने कोसिसमा मुख्यमन्त्री शाक्यमात्र होइन,सिंगो एमाले गृहकार्यमा जुटेको छ। नेकपा एमाले वाग्मती प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री शाक्य नेतृत्वको…

सम्बन्धित सामग्री

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।  उहाँले राजीनामा दिएसँगै यस ...

प्रदेश बनाउन नमिली सुखै छैन, त्यसैले राजीनामा दिएकाे छु : अष्टलक्ष्मी शाक्य

मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।  वाग्मती प्रदेश सभाको आज बुधवारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सभामुख महोदय, मैले कुरा प्रष्ट राख्नुपर्छ । मैले कार्यसूचीमा हेरेँ । दोस्रो कार्यसूची पनि रहेछ । दोस्रो कार्यसूचीमा...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन्।...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। आज विश्वासको मत लिन लागेकी शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधनपछि उनले राजीनामा दिन लागेकी हुन्।

राजीनामा दिने तयारीमा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छिन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए। यसपछि प्रदेश प्रमुख…

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य राजीनामा दिने तयारीमा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् । मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ । बुधबार नै प्रदेशसभा बैठकमा विश्व

बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाट राजीनामा घोषणा गरेका थिए ।उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा […]

बागमतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्यको शपथ आजै

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। पार्टी विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्। पौडेलको राजीनामा सँगै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछिन्। उनी बागमती प्रदेश एमाले संसदीय दलको नेता चयन भइसकेकी छन्। नेता शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिँदैछिन्। स्रोतका अनुसार सपथको तयारी भइरहेको छ।

बाग्मतीमा मुख्यमन्त्री हेरफेर : डोरमणिले राजीनामा दिने, अष्टलक्ष्मी बन्ने सहमति

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको एमालेका एक सांसदले बताए । मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय […]

डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्। आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो। अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने…