प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको रातोपाटीलाई बताए । यद्यपि अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ । काँग्रेस सभा

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्रीले विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु […]

बालुवाटारमा देउवा-दाहाल भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । पार्टी स्थायी कमिटी बैठकअघि देउबालाई भेटेका दाहालले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जनाइएको छ । माओवादीको आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि […]

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । आजको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ । स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत […]

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रिपरिषदबारे के आउला निर्णय?

काठमाडौं : पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नको लागि गठबन्धनको बैठक बसेको हो। गठबन्धनमा सामेल सबै दलका शीर्ष नेताको उपस्थितिमा बैठक जारी रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवलगायत&nb

बालुवाटारमा गठबन्धनको बैठक : अध्यादेश  र मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धन जारी छ । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्र

गठबन्धनका शीर्ष नेताहरुबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच मन्त्रिपरिषद विस्तार...

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

१४ भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाई सकेको भए पनि नेकपा (एमाले) को माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तार रोकिएको छ । प्रधानमन्त्री […]