एनएलजी इन्स्योरेन्सले ६६ % हकप्रद शेयर निष्कासन गर्ने, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको जानकारी दिए ।  अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । यस पूँजीको आधारमा कम्पनीले ९६ लाख ३१ हजार २२ हजार कित्ता हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।  बीमा प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरूले यही असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउनुपर्ने छ । 

सम्बन्धित सामग्री

३०% हकप्रद निष्कासनको प्रस्ताव सहित जनरल इन्स्योरेन्सले आह्वान गर्‍यो साधारण सभा

जेठ १०, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीको जेठ ६ गतेकै सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ ।  पूँजी वृद्धि अभियान चलिरहेको अवस्थामा पूँजी वृद्धिका लागि कतिपय कम्पनीहरुले मर्जरको प्रकृया अघि बढाईसकेको अवस्थामा यस कम्पनीले पनि मर्जर तथा प्राप्ति प्रकृयामा जाने संकेत गरेको छ । आगामी दिनमा सो प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ । साधारण सभाको लागि हकप्रदको प्रस्ताव रहेपनि बुक क्लोजको मिति भने हकप्रदको हकमा लागू हुने छैन । वार्षिक साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिएपछि मात्र हकप्रद शेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गर्नेछ ।