पोखरा चौबिसै घण्टा खोल्ने तयारी

गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय चौबिसै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३औं पोखरा सडक महोत्सव उद्घाटन गर्दै बिहीबार उनले देशका अन्य भूभागमा पनि चौबिसै घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको धारणा राखे ।

सम्बन्धित सामग्री

मुग्लिङ–पोखरा सडक बनाउन दैनिक पाँच घण्टा बन्द गरिने

काठमाडौं । मुग्लिङ-पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ । याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने तयारी गरिएको छ । सो समयमा आवागमन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन हुने

सिबी अधिकारी, काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन […]

पोखरामा राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

कास्की– गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ। आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो। ‘दैनिक १ घण्टा व्यायाम’ नारासहित नयाँ पिढीलाई […]

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । रासस

२४सै घण्टा व्यवसाय खोल्ने सुरुआत पोखराबाट हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय २४सै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३ औं पोखरा सडक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले देशका अन्य भूभागमा पनि २४ घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको बताए ।

२४सै घण्टा व्यवसाय खोल्ने सुरुआत पोखराबाट हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय २४सै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३ औं पोखरा सडक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले देशका अन्य भूभागमा पनि २४ घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको बताए ।

भेट्रान्स एट ए साइड फुटबलको पुरस्कार राशीमा बृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखराको बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा बृद्धि गरेको छ । त्यस्तै भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु […]

१० घण्टाको पोखरा–सिमरा यात्रा अब आधा घण्टामा सरर......

भदौ १५, पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।            भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।            भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।       वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।            बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतवार, बुधवार र शुक्रवार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।            उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।            कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधवारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७०रुपैयाँ रहेको छ ।            त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० रुपैयाँ छ भने सस्तो ४ हजार ७७० रुपैयाँ  भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए।            यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत बुधवारदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।            पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए । रासस