जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।

सम्बन्धित सामग्री

यती एयरलाइन्सले भित्त्यायो साझेदार

काठमाडौं। हवाई सेवा शुरू गरेको २५ वर्षपछि निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले नयाँ लगानी साझेदार भित्त्याएको छ । कम्पनीले मंगलवारदेखि औपचारिक रूपमा बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई नयाँ साझेदारका रूपमा भित्त्याएको हो । सेवा तथा बजार विस्तार, जहाजको संख्या बढाउने र पब्लिक कम्पनीबाट प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्नेसम्मका रणनीतिक योजनासहित यती एयरलाइन्सले लगानी साझेदार भित्त्याएको हो । कम्पनीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यती एयरलाइन्स गत वैशाखमै पब्लिक कम्पनीमा गएको थियो । बर्तौलाले थप पाँचओटा जहाज थप्ने योजना रहेको जानकारी दिए । उनले ६ महीनामा आईपीओ पनि जारी गर्ने तयारी गरिएको बताए । एशियन लाइफ इन्स्योरेन्स भित्रिए पनि अहिले यती एयरलाइन्समा कति प्रतिशत शेयर अंश वा इन्स्योरेन्सले कति लगानी गर्ने भन्ने विषय भने एशियन लाइफले उल्लेख गरेको छैन । यती एयरलाइन्सको हालको चुक्ता पूँजी २ अर्ब १० करोड छ । केही वर्षअघिसम्म १५ ओटा जहाजबाट उडान गर्दै आएको यतीसँग अहिले पाँचओटा जहाज छन् । ‘जहाजको संख्या घटे पनि सीट क्षमता भने बढेको छ,’ बर्ताैलाले भने, ‘अहिलेको सेवालाई विस्तार गर्ने र जहाजको संख्या थप्ने गरी कम्पनीमा साझेदार भित्त्याइएको हो ।’   पाँच जहाज थप्नेदेखि आईपीओ जारी गर्नेसम्म कम्पनीको तयारी अहिले यती एयरलाइन्ससँग एटीआर ७२–५०० सिरिजका पाँचओटा जहाज छन् । प्रतिजहाजको सीट क्षमता ७० रहेको छ । सन् १९९८ सेप्टेम्बरदेखि व्यावसायिक उडान शुरू गरेको यतीले उडान सेवा शुरू गर्दा भने क्यानेडाली जहाज डीएचसी ६–३०० ट्वीनअटर सञ्चालन गरेको थियो । यती र ताराका गरेर कम्पनीसँग १५ ओटा जहाज थिए । जहाज संख्या धेरै भए पनि ती जहाजको सीट क्षमता भने कम थियो । झन्डै साढे २ दशकदेखि हवाई सेवा दिएको यतीले अहिले मुख्य गन्तव्यहरूमा एटीआर–७२ जहाजबाट सेवा दिँदै आएको छ । यतीले सन् २००९ मा भने भगिनी संस्था तारा एयर स्थापना गरेर दुर्गम क्षेत्र (स्टल)लक्षित उडान पनि गर्दै आएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर अहिले यतीले भैरहवा, पोखरा, जनकपुर, नेपालगञ्ज, भद्रपुर, विराटनगरजस्ता शहरमा उडान गर्दै आएको छ । यसका साथै कम्पनीले माउन्टेन उडान (एभरेष्ट र अन्नपूर्ण एक्स्प्रेस) सेवा दिइरहेको छ । जहाज संख्या थपेपछि गन्तव्य र उडान संख्या पनि थप्ने कम्पनीको योजना छ ।

पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट

पोखरा । पोखराका लागि उडेका दुई जहाज अवतरण नगरी काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् । पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ । ‘समस्या समाधान भइसक्यो, एकैछिन सानो फल्टमात्र भएको हो, […]

विमान दुर्घटनाः प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको...

विमान दुर्घटनाः प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको...

विमान दुर्घटनाः प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको...

प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेख्नुभएको छ, …

जहाज थप्दै वायुसेवा कम्पनीहरू

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य विस्तारमा पनि अग्रसर देखिन थालेका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरका साथसाथै आप्mनै ब्रान्ड फर्किएको गुण एयरलाइन्सले समेत जहाज थप्ने र नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेका छन् । कोरोना भाइरस संक्रमण उच्च हुँदा आन्तरिक उडानसमेत बन्द गरिएको र यो अवधिमा निजी वायुसेवा कम्पनीले रू. २५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, कोरोना भाइरसको संक्रमण कम हुँदै आएपछि उड्डयन क्षेत्रले गति लिन थालेको छ । हवाई क्षेत्रले गति लिन थालेपछि निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज ल्याउने योजना अघि बढाएका छन् । शनिवार मात्रै श्री एयरलाइन्सले एउटा जहाज ल्याएको छ । उक्त कम्पनीका प्रवक्ता अनिल मानन्धरले जहाज ल्याएपछि नयाँ गन्तव्य सुर्खेत, तुम्लिङटार र भरतपुरमा उडान गरिने जानकारी दिए । शनिवार राति टर्बाेप्रोप जहाज नेपाल ल्याइसकेको र अर्काे जहाज जनवरी महीनाभित्र आइपुग्ने जानकारी उनले दिए । अहिले जहाजको संख्या कम भएको र बजारमा माग पनि बढेको हुँदा जहाज थपिएको उनको भनाइ छ । हवाई सेवामा दोस्रो बजार अंश ओगटेको यति एयरलाइन्सले पनि सन् २०२२ अर्थात् अबको १ वर्षभित्र ४ ओटा जहाज थप्ने तयारी गरेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अबको ४/५ महीनाभित्र दुईओटा जहाज ल्याउने र १ वर्षभित्रमा थप २ गरी चारओटा जहाज किन्ने तयारी गरिएको जानकारी दिए । २०२२ मै चारओटा जहाज थप्ने तयारी गरेको यतिले एटीआर जहाज ल्याउनेछ । यसमध्ये २ ओटा एटीआर–४७ र २ ओटा एटीआर–७२ जहाज हुन् । पहिलो चरणमा ल्याउने दुईओटा जहाज भने एटीआर–४७ र एटीआर–७२ रहेको बर्तौलाले जानकारी दिए । यतिसँग ७२ सीट क्षमताका पाँचओटा एटीआर जहाज छन् । आन्तरिक उडानमा दोस्रो स्थानमा रहेको यतिसँग जहाजको संख्या घटेपछि सन् २०२२ भित्र नै ती जहाज थप्दै छ । ‘जहाज थपेसँगै गन्तव्य विस्तार गर्ने योजना पनि छ,’ बर्तौलाले भने, ‘साथै हामीले उडान गर्न नसकेका गन्तव्यमा पनि उडान विस्तार गर्नेछौंं ।’ यतिले जहाजको संख्या घटेपछि नियमित उडान गर्दै आएको भरतपुर र तुम्लिङटार उडान गर्न सकेको छैन । जहाज आएपछि ती दुई गन्तव्यमा निरन्तर उडान हुने उनले बताए । यसैगरी नयाँ गन्तव्य सुर्खेत र धनगढीमा उडान गर्ने योजना रहेको उनको भनाइ छ । भगिनी संस्था तारा एयरका गरी यतिसँग १० ओटा जहाज थिए । तर, ताराका पाँचओटा जहाज गुण एयरलाइन्सलाई विक्री गरेपछि यतिका जहाजको संख्या घटेको हो । आन्तरिक उडानतर्फ दोस्रो बजार अंश ओगटेको यतिसँग जहाजको संख्या घटेपछि बजारअंश पनि घटेको छ । जहाज विक्री नहुँदासम्म ३१ प्रतिशत बजार अंश रहेको तर जहाजको संख्या पनि घटेपछि उसको बजार अंश २४ प्रतिशतमा सिमित भएको छ । विदेशी पर्यटक नआए पनि नेपाली यात्रु तथा आन्तरिक पर्यटकबाट नै उड्डयन क्षेत्र टिक्न सक्ने स्थिति देखिएको बताए । आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पनि थप चारओटा जहाज ल्याउने योजना अघि सारिसकेको छ । दुर्गम क्षेत्रलाई लक्षित गरेर उडान गर्ने योजनाअनुसार कम्पनीले १९ सीटे ट्वीनअटर जहाज ल्याउने तयारी गरेको हो । नयाँ गन्तव्य थपिँदा र क्षेत्रीय उडानहरू गर्दा पनि दैनिक ३÷४ ओटा प्mलाइट हुने भएकाले जहाज थप्न निजीक्षेत्रका एयरलाइन्स कम्पनीहरू अग्रसर देखिएका हुन् ।