काठमाडौं (अस) । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पे लगायत डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुराँ पनि आइतबारदेखि नै सञ्चालनमा ल्याइने बताएको छ ।