पछिल्लो समय बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । चैत सुरु भएयता मात्र यस प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम पनि उच्च भएको बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ ।