हिमाल आरोहणमा जीपीएस: आठ वर्षदेखि प्रयास, बल्ल परीक्षण

सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) लागु गर्न परीक्षण सुरु गरेको छ । पर्यटन विभागले सगरमाथा आरोहणमा खटिने सम्पर्क अधिकृतलाई जीपीएस ट्रयाकिङ डिभाइस वितरण गरेर परीक्षण सुरु गरेको हो । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जीपीएस डिभाइस खरिद गरे पनि आन्तरिक र विभिन्न कारणले लामो समयदेखि प्रयोग हुन नसकेको बताए । उनका अनुसार गत मंगलबार […]

सम्बन्धित सामग्री

खिम्ती जलविद्युत् हस्तान्तरणमा दुई वर्षदेखि अलमल

निजी क्षेत्रबाट सरकारमातहत आउन लागेको पहिलो जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणमा दुई वर्षदेखि अलमल भइरहेको छ । नर्वेको लगानी रहेको हिमाल पावर लिमिटेडले बनाएको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरण २७...

श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापक

सिमकोट – हुम्लामा श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापकमा कार्यरत हुँदै आएको पाइएको छ। उनीहरू एउटै वडाको फरक विद्यालयमा ०५४ सालदेखि प्रधानाध्यापक छन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका सैपाल हिमाल माध्यमिक विद्यालयमा देवहादुर बुढा र साँता गाउँको बलभद्र प्राथमिक विद्यालयमा प्रेमकला बुढाले प्रधानाध्यापकको रुपमा काम गर्दै आएका छन्। तत्कालीन अवस्थामा एसएलसी उत्तीर्ण भएपछि उनी अस्थायी […]

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे  रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ &nb

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न जान लाग्नु भएकी काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिनुभएको छ । विगत१६ वर्षदेखि हिमाल आरोहण गर्न थाल्नुभएकी लामाले विश्वका अग्ला १४ ...

प्रधान सेनापति भन्छन्–‘पर्यावरण जोगाउन सेना ४० वर्षदेखि संलग्न’

चारवटा हिमाल सफाईमा खटिने सैनिक टोलीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘ब्यानर हस्तान्तरण’ गरेका छन् । हिमाल सफाई अभियान–२०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा चारवटा हिमालको फोहोर संकलन गरिँदै छ । यसवर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमालबाट करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले जानकारी दिए ।मंगलबार जंगी अड्डामा आयोजित हिमाल सफाईमा जाने टिम कमाण्डरहरुलाई ‘व्यानर हस्तान्तरण’ कार्यक्रममा ब

कहाँ हरायो ८ मीटर अग्ला हिमाल थपिने कुरा ?

अहिलेको समय नेपालमा हिमाल आरोहणको सिजन हो । तर, कोरोना महामारी तथा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो सिजनमा अपेक्षित रूपमा विदेशी पर्वतारोहीले नेपालका बुक गरेनन् । खास गरी यूरोप र अमेरिका महादेशका पर्वतारोहीले हिमाल आरोहणमा बढी रुचि राख्छन् । तर, बुक गरिसकेको केही यूरोपेली पर्वतारोही टोलीले पनि आरोहण अभियान स्थगित गरेका छन् । हाम्रो देशमा हालसम्म ८ ओटा मात्रै ८ हजार मीटरमाथिका हिमाल छन् भन्ने आम बुझाइ छ । तर, ८ मीटरमाथिका हिमाल १४ ओटा छन् । हाम्रो देशमा अरू ६ ओटा ८ हजार मीटरभन्दा माथिका हिमाल छन् । तर, त्यसलाई अन्तरराष्ट्रिय स्तरका पर्वतारोहण संघसंस्था र अन्तरराष्ट्रिय समुदायले हालसम्म मान्यता दिएका छैनन् । यस्तो हुनुमा हामी नेपालीकै कमजोरी रहेको छ किनभने यस विषयमा आधिकारिक रूपमा नेपाल सरकारले कहिल्यै पनि प्रयास गरेन । धेरै अघिदेखि नेपाल पर्वतारोहण संघ (एनएमए) र केही अन्तरराष्ट्रिय ख्याति प्राप्त पर्वतारोहीमार्फत ८ हजार मीटरभन्दा अग्लो बाँकी हिमाललाई विश्वस्तरबाट मान्यता दिलाउने प्रयास भइरहेको छ । विगत ८/१० वर्षदेखि औपचारिक रूपमा घोषणा गर्न पहल भइरहेको छ । यसका लागि नेपालमा रहेका ८ हजार मीटरभन्दा अग्ला बाँकी हिमाललाई औपचारिक रूपमा घोषणा गर्नुअघि स्वीट्जरल्यान्डस्थित अन्तरराष्ट्रिय पर्वतारोहण संघका प्राविधिकहरू आएर नापजाँच र अध्ययन गर्ने भन्ने समझदारी भएको हो । तर, यस कार्यमा कोरोना महामारीको असरले केही ढिला हुन गएको छ । पाकिस्तान सरकारले विगत लामो समयदेखि गासेरब्रुम–१, ८०६८ मीटर र गासेरब्रुम–२, ८०३५ मीटर भनी अलगअलग मान्यता पाएको छ । हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठओटा (६० प्रतिशत) नेपालमै छन् । विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा अवस्थित छ, जुन हिमालको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर रहेको छ । त्यस्तै विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय ८६ मीटर रहेको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय १६ मीटर छ । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जसको उचाइ ८ हजार ४ सय ८६ मीटर छ । त्यस्तै विश्वको छैटांै अग्लो हिमाल चोओ यु पनि नेपालमै छ जुन हिमाल ८ हजार २ सय १ मीटर रहेको छ । विश्वको सातौं अग्लो धवलागिरि हिमालको उचाइ ८ हजार १ सय ६७ मीटर, विश्वको आठौं अग्लो मनास्लु हिमालको उचाइ ८ हजार १ सय ६३ मीटर छ । विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ पनि नेपालमै छ । यो हिमालको उचाइ ८०९१ मीटर रहेको छ । विश्वका बाँकी ६ ओटा ८ हजार मीटर अग्ला हिमालमध्ये पाँचओटा पाकिस्तानमा रहेका छन् भने एउटा चाहिँ चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ । विश्व पर्वतारोहण संघ र विश्व समुदायले मान्यता दिन बाँकी ६ ओटा ८ हजार मीटरभन्दा अग्ला हिमाल सबै नेपालमै छन् । तीमध्ये चारओटा नयाँ हिमाल कञ्चनजंघा हिमालको वरिपरि छन् भने  दुईओटा नयाँ हिमालचाहिँ ल्होत्से/चे वरिपरि रहेका छन् । निकट भविष्यमा मान्यता पाउने नयाँ हिमालहरू यस प्रकार रहेका छन् : १, यलुङ काङ–८,५०५ मीटर। २, कञ्चनजंघा दक्षिण–८,४७६ मीटर, ३, कञ्चनजंघा मध्य–८,४७३ मीटर, ४, यलुङ काङ पश्चिम–८,०७७ मीटर, ५, ल्होत्से मध्य–८,४१० मीटर, ६, ल्होत्से सार–८,३८३ मीटर । थप हुने यी नयाँ हिमालको उचाइ र नाम ‘नेपाल पर्वत–२०१६, नोभेम्बर अंक’बाट लिइएको हो । वास्तवमा हाम्रो देश नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको मात्रै भए तापनि हिमाल र हिमाल आरोहणका सम्बन्धमा भने धेरै धनी रहेको छ भन्ने ८ हजार मीटरभन्दा अग्ला हिमालका संख्याले नै बताउँछ । यी हिमाल आरोहणका लागि वर्षेनि नेपाल आउने विदेशी पर्वतारोहीहरूको संख्या पनि कम छैन । हाम्रो देश नेपालमा हिमरेखा भन्दा (५,५०० मीटर) माथिका १७ सय १३ ओटाभन्दा बढी हिमाल छन् भने सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ ओटा हिमाल हिमाल आरोहीहरूका लागि खुला गरेको छ । यसरी हेर्दा निकट भविष्यमै थपिने ६ ओटा नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको पर्वतारोहण पर्यटनमा इँटा थप्ने काम गर्नेछ । यसरी थपिने नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको हिमाल आरोहण क्षेत्रमा आम्दानी बढ्ने र रोजगारीको अवसर पनि सृजना हुने आशा गर्न सकिन्छ । साथै अन्य पर्यटकीय गतिविधिमा पनि वृद्धि हुने आशा गर्न सकिन्छ । बरु हामी सबै (पर्यटन व्यवसायमा नलागेका प्रबुद्ध वर्गहरू समेत) मिलेर थप हुने भनिएको नयाँ ८ हजार मीटर माथिका हिमाल औपचारिक रूपमा घोषणा गराउन नेपाल सरकारलाई पनि घचघच्याउनेतर्फ लाग्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

लयमा फर्किदै पर्यटन क्षेत्र

म्याग्दी : कोरोनाले दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको छ। अन्य क्षेत्रहरूमा झैँ पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल शुरु भएको छ।पछिल्लो समय अधिकांश आरोहीहरूको रोजाइमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ। कोरोनाको संक्रमणदर कम भएको र  हिमाल आरोहणको सिजन पनि शुरु भएसँगै म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८,१६७ मि.) आरोहणका लागि १३ जना विदेशी आरोही सहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। इमेजिङ नेपाल

बालिका बलात्कृत भएपछि सिस्ने हिमाल बालगृह बन्द

रुकुम (पूर्व) : पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ।२०७४ मा अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो। बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो।एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानत्रण गरेको थियो। उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ।बालगृह

आधार शिविरमै रोकिए धवलागिरि हिमाल आरोही

म्याग्दी । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरू आधार शिविरमा पुगेर रोकिएका छन् । ८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका ८ हजार मिटर अग्ला १२ ओटा हिमालको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको बताइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस २ दशकयता ११औं पटक आरोहण गर्दा पनि धवलागिरिको शिखरमा पुग्न सकेका छैनन् । यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प पुगेका थिए । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । रासस