प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी