नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् ।
सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।
सचिवमा संस्थापन पक्षबाट समूहबाट उठेको सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे भने संस्थापन इतर समूह बाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४ सय ५५ मत मात्र प्राप्त गरेका छन् ।
जिल्ला सचिवमा संस्थापन इतर समूहका मोदराज घिमिरे र ल...