मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट बालकृष्ण अधिकारी र नेपाली काँग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी निकट प्रेस संगठनको गठबन्धनका तर्फबाट मणिराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदको प्रत्यासी गौतम र अधिकारीले आज उम्मेदवारी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसैगरी, महासंघको उपाध्यक्ष पदको लागि प्रेस संगठनका ध्रुब