सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरावगीलाई मेयर बनाउने निर्णय गरेको हो । सरावगी बहालबाला मेयरसमेत हुन् । उनी हालै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले मेयरको उम्मेदवार तय गरे पनि उपमेयरको टुंगो लगाएको छैन ।

सम्बन्धित सामग्री

हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेलाई उठाउने एमालेको निर्णय

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छान्न बसेको एमालेको सचिवालय बैठकले बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको हो ।पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आ