नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् ।
पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् । एक केन्द्रीय सदस्यले दावी गरे । तर कोइरालाको सचिवालयले भने सभापतिको दावीबाट शेखर पछि नहट्ने स्पष्ट गरेको छ ।
अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय ग...