नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा पराजुली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्व रहने गरी ३३ सदस्यीय कमिटी बनाइएको हो ।  यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।